
लाग्दो हो सबलाई
हिजो के थियो
जनयुद्धले के दियो
बुझ्नु पर्छ सबले
भन्नू पर्छ अन्तर मनले
हिजो थियो यो देशमा
राज-महाराजको मैमत्त
शोषक वर्गले गरेको
एकात्मक राज्य सत्ता
यसैको विरुद्ध लड्यो माओवादी
ल्यायो सङ्घीय लोकतन्त्र गणतन्त्र
यहीँ हो जनयुद्धको उपलब्धि ।
जातीय उत्पीडन थियो
धार्मिक दासता थियो
पुरुषवादी समाज थियो
प्रेस बन्धन थियो
यसैको विरुद्ध लड्यो माओवादी
अनि ल्यायो
समानुपातिक समावेशिता
धर्म निरपेक्षता
प्रेस स्वतन्त्रता
यहीँ हो जनयुद्धको उपलब्धि ।
हिजो महाराजको हुकुम चल्थ्यो
समय फेरियो
आज जनताको हुकुम चल्छ
हिजो व्यक्तिको शासन चल्थ्यो
आज विधिको शासन चल्छ
हिजो दलितको छोरा हली बस्थ्यो
आज देशको सत्तामा छ
हिजो अहङ्कारको अभिमान थियो
आज जनताको संविधान छ
यहीँ हो जनयुद्धको उपलब्धि ।।