Kakhara सबैको खबर सम्पूर्ण खबर
फागुन १

प्रिय फागुन १ तिमिलाई हामीले बिर्सिएका छैनौँ 
सामन्तको विरुद्धमा विद्रोह सुरु गरेको 
भ्रष्ट , माफिया र दलालहरूमा धावा बोलेको 
क्रान्तिको बिगुल फुकेको 
सिस्ने र जलजलामा नारा घन्काएको 
गरिब र निमुखाहरूको झुपडीबाट जन्मिएको 
दुस्मनको हतियार निस्तेज पार्न युद्धको बिगुल फुकेको 
जनयुद्ध हामीले बिर्सिएका छैनौँ 

भ्रष्ट माफिया र दलालहरूले 
सामन्तीका बचेका अवशेषहरूले 
ती भव्य महलहरूबाट 
तिमिलाई बन्दी बनाए पनि 
थुप्रै फर्मानहरू जारी गरे पनि 
कालकाेठरीमा बन्द गर्न खोजे पनि 
तर 
प्रिय जनयुद्ध 
तिमिलाई तिनै लाल बस्तीहरूबाट 
रुकुम रोल्पाका सहिदका चिहानबाट 
गरिब र निमुखाका झुपडीबाट 
शोषित र दमनमा परेका आवाजहरूबाट 
बेपत्ताहरूको ती पाइलाहरूबाट 
घाइतेहरूको गोलीको छर्राहरूबाट 
हामीले तिमिलाई बिर्सिएका छैनौँ प्रिय जनयुद्ध 
तिमि इतिहासको स्वर्णिम अक्षरमा महान् हौँ 
महान् जनयुद्ध - जिन्दाबाद , लाल सलाम 
नाराहरू घन्किनेछन् 
एक दिन तिमि अवश्य लेखिनेछौ 
इतिहासको स्वर्णिम अक्षरमा 
महान् जनयुद्ध - जिन्दाबाद 
प्रिय जनयुद्ध तिमिलाई शुभकामना 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update