बिउ वितरण
मुसिकोट ११ का कृषकलाई मकैको बिउसहित कृषि सामग्री वितरण

रुकुम पश्चिमको मसिकोट नगरपालिका वडा नम्बर ११ का कृषकलाई मकैको बिउसहित विभिन्न कृषि साम्रगी वितरण गरिएको छ । साेमबार वडाका कृषकलाई लक्षित गरी मकैको बिउसहित कुषि सामम्री प्रदान वितरण गरिएको हो । वडाको काफलबोट, गाँजाओखर,कौछे, बसिडाँडा टोलका कृषकलाई मकैको बिउसहित कृषि सामग्री वितरण गरिएको वडा सचिव धनकुमार शाहीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको ५० प्रतिशत तथा हरियाली कृषक समहुको ५० प्रतिशत अनुदानमा कृषकलाई ४ सय किलो मकैको बिउ, १ वटा मिनिटेलर, १ वटा हातेपंखा, दुई वटा मकै छेडाउने कर्णसेलर र १६ वटा सिटविन वितरण गरिएको हो । मकै रोप्ने सिजन आएकाले कृषकलाई लक्षित गरेर बिउ, तथा कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ २१:२४
प्रतिक्रिया दिनुहोस्