Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी ६ देउताखोलामा दुग्ध उत्पादक किसानहरुको लागि चिस्यान केन्द्र निर्माण हुँदै 
चिस्यान केन्द्रको शिलान्यास गर्नुहुँदै वडा अध्यक्ष घर्ती ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा ६ देउताखोलामा दुग्ध चिस्यान केन्द्रको भवन शिलान्यास गरिएको छ ।  आज वडा अध्यक्ष पहलसिंह घर्र्ती चिस्यान केन्द्रको शिलान्यास गर्नुभएको हो । वडा नम्बर ५ र ६ का किसानलाई लक्षित गरी दुग्ध चिस्यान केन्द्र शिलान्यास गरिएको वडा अध्यक्ष घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार चिस्यान केन्द्रको भवन स्थानीय विकास पुर्वाधार विकास कार्यक्रम अन्तरर्गत टेन्डर मार्फत निर्माणको काम सुरु भएको छ ।

चिस्यान केन्द्रको भवन दुई तलाको पाँच कोठे निर्माण गरिनेछ । भवन निर्माणकाे काम असार मसान्तसम्म सक्ने गरी महादेव कन्स्ट्रक्सन निर्माण कम्पनी जाजरकोले ५० लाख रुपैयाँमा ठेक्का पारेको छ । यो चिस्यान केन्द्र निर्माण भएसँगै वडा नम्बर ५ र ६ का गरी करिव ८ सय दुग्ध उत्पादन किसान लाभाम्वित हुने वडा अध्यक्ष घर्तीले जानकारी दिनुयभो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update