
कृष्ण सेन इच्छुकको २३ औँ स्मृति दिवसको अवसरमा आयोजित साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । स्मृति दिवसको अवसरमा प्रेस सेन्टर जिल्ला शाखाले राप्ती साहित्य पसिषद् रुकुम पश्चिमको सहकार्यमा ‘कृष्ण सेन इच्छुकको स्मृतिमा साहित्यिक कार्यक्रम’ आयोजना गरेको थियो । साहित्यिक कार्यक्रममा साहित्यकार तथा स्रष्टाहरुले रचना बाचन गरेका थिए ।
कार्यक्रममा त्रिभुवन जनता मावि खलंगाका पुर्व प्रधानाध्यापक हरिप्रसाद खनाल, प्रगतिशील लेखक संघका अध्यक्ष खेमराज खड्का, रुकुमेली वाङगमय अधिष्ठानका सचिव पूर्ण आली, साहित्यकार तथा खलंगा बहुमुखि क्याम्पसका उपप्रध्यापक मुकुन्द शर्मा, साहित्यकार खगेश्वर भण्डारी, रमिता खड्का, फलिराम सेर्पालीले कार्यक्रममा रचना बाचन गर्नुभएको थियो । स्रष्टाहरुको रचना बाचनले कार्यक्रम साहित्यमय भएको थियो ।
रचना बाचनमा साहित्यकार तथा स्रष्टाहरुले कृष्ण सेन इच्छुकको स्मरण गर्दै उहाँले पुर्याउको योगदानको कदर गर्दै उहाँले लेखेका कविता तथा उहाँको जिवनीको बारेमा पछिल्लो पुस्तालाई जानकारी हुने गरी विद्यार्थीले पढ्ने पुस्तकमा समेटिनुपर्ने जोड दिएका थिए । सोही कार्यक्रममा ‘इच्छुक’को तस्विरमा अविर माल्र्यापन समेत गरिएको थियो ।
नेपाल राष्ट्रिय प्रध्यापक संगठनका केन्द्रिय सचिव मुकुन्द शर्माले कृष्ण सेन ‘इच्छुक’को बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्माले कृष्ण सेन ‘इच्छुक’लाई स्मरण गर्दै २०५९ साल आजकै दिन महेन्द्र पुलिस क्लवमा यातना दिइ तत्कालिन सरकारले जेल भित्रैै चरम यातना दिएर हत्या गरेको उल्लेख गर्दै भावपूर्ण श्रदाञ्जली व्यक्त गर्नुभयो ।उहाँले देखेको सपना पुरा गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँसँग व्यक्तिगत सहकार्य गरेको समेत स्मरण गर्दै शर्माले राजनितिक, साहित्यिक तथा पत्रकारिताको क्षेत्रबाट उहाँले पुर्याएका योगदानले अहिलेको व्यवस्था ल्याउनमा समेत महत्वपूर्ण भूमिका खेलको बताउनुभयो ।
प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्काको अध्यक्षतामा भएको कार्यक्रमा नेपका(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज शर्मा, जिल्ला संंयोजक गोविन्द रोका सचिन, प्रचार विभाग प्रमुख मेगराज खड्का, माओवादी केन्द्रका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, प्रेस यूनियनका जिल्ला अध्यक्ष प्रविर दलेल, नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव अमरराज पुन, समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष भरत चन्द लगायत, साहित्यकार, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
प्रेस सेन्टर रुकुम पश्चिम शाखा सदस्य नन्दराम ओलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष दिपेन्द्र महताराले संचालन गर्नुभएको थियो । कृष्ण सेन इच्छुकको स्मृतिमा आजै साँझ दीप प्रज्वलन कार्यक्रम रहेको र भोली विहान ८ बजे प्रेस सेन्टर र प्रेस यूनियनको संयूक्त आयोजनामा पत्रकार विच मैत्रिपूर्ण फुलबल प्रतियोगिता कार्यक्रम आयोजना गरिएको छ । आज विहान जिल्ला कारागारमा २०० जनालाई पुग्ने गरी फलफुल समेत वितरण गरिएको थियो ।