Kakhara सबैको खबर सम्पूर्ण खबर
विश्व वातावरण दिवस: बारिपोले मन्दिर र महाकाली मावि परिसरमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको बारिपोले साइकुमारी मन्दिर परिसर र महाकाली माविको हाताभित्र वृक्षारोपण गरिएको छ ।

नेपाली सेनाको चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी शरद थापाको पहलकदमी, डिभिजन वन कार्यालय रुकुम पश्चिमको सहजीकरण तथा मुसिकोट नगरपालिका वडा नम्बर २ को आयोजनामा विभिन्न प्रजातिका १ सय बिरुवा रोपिएको हो । वातावरणीय हराभराका लागि पारिजात, कल्की, मयूर पंखी, लप्सी, वीरेन्द्र फूल, सल्लो, बेलपत्र लगायतका बिरुवा रोपिएको वडाध्यक्ष दिनेश खड्काले जानकारी दिनुभयो ।

वडाध्यक्ष खड्काको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा प्रमुख सेनानी थापा सहित, डिभिजन वन अधिकृत, वडा सदस्यहरू, पूर्व वडाध्यक्ष काशीराम खड्का, पूर्व वडा सदस्यहरू, वडावासी तथा डिभिजन वन कार्यालयका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कमल पुन मगरले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update