
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले २० जना व्यक्तिलाई सम्मान गरेको छ । १३ औँ गाउँसभाको अवसरमा पालिकालाई पुर्याएको योगदानको कदर गर्दै गाउँपालिकाले पालिकामा कार्यरत कर्मचारी, वडामा कार्यरत वडा सचिव, अवकाश प्राप्त शिक्षक,पत्रकार र कार्यालय सहयोगिलाई सम्मान गरेकाे हो । पालिकालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पुर्याएको योगदानको मुल्यांकलन गर्दै २० जना व्यक्तिलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो ।
सम्मानीत हुने सवैलाई प्रमुख अतिथि जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, पुर्व भुमी आयोग रुकुम पश्चिमका अध्यक्ष मिनबहादुर ओली, सभाध्यक्ष गनेशकुमार केसी, गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले लगायतले सम्मान पत्र, अविर तथा दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
वडाभरीमा सवैभन्दा बढी राजस्व संकलन गरेर सम्मान हुने २ नम्बर वडा सचिव रामबहादुर केसी ।
सम्मानीत हुने व्यक्तिहरुको विवरण -