
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ मा एकता समाज युवा क्लब गठन गरिएको छ । युवाहरूको भेलाबाट ११ सदस्यीय क्लब गठन गरिएको हो ।
जसको अध्यक्षमा दुर्गाप्रसाद विश्वकर्मा चयन हुनुभएको छ । उपाध्यक्षमा डिल्लीबहादुर ओली, सचिवमा समीर ओली, सहसचिव नवराज सुनार र कोषाध्यक्षमा सीता बुढा मगर रहनु भएको छ । त्यस्तै सदस्यहरूमा पुष्पा ओली, लीला ओली पुन, क्षितिज विश्वकर्मा, टिका खड्का पुन, इन्द्रा ओली र कल्पना खड्का रहनुभएको छ ।
क्लबको परिकल्पनाकारमा पवन परियार, प्रेमप्रकाश ओली, तिलक खड्का र टेकबहादुर ओली रहनुभएको छ । त्यसै गरी सल्लाहकारमा शशिराम पुन, चन्द्रप्रसाद ओली, टीकाजङ बुढा, खल बहादुर नेपाली, टेकबहादुर खड्का, विनोदराज ओली र दिर्घवहादुर ओलीलाई चयन गरिएको छ ।
भेलामा मुसिकोट नगरपालिका वडा नम्बर ९ का वडा सदस्य सोवर्ण खड्का, कानीगारे काकरसिम वन उपभोक्ता समितिका अध्यक्ष दीर्घबहादुर ओली, पूर्व शिक्षक हिरालाल विक लगायत विभिन्न समूहका अध्यक्षहरूको उपस्थिति रहेको थियो ।