Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट २ का १५९ जेष्ठ नागरिकलाई छाता वितरण

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर २ ले जेष्ठ नागरिकलाई छाता वितरण गरेको छ । आज वडा कार्यालयले  एक कार्यक्रमको आयोजना गरी  वडामा रहेका जेष्ठ नागरिकलाई छाता वितरण गरेको हो । वडाका ७० बर्ष माथीका  १ सय ५९ जना  जेष्ठ नागरिकला छाता वितरण गरिएको वडा अध्यक्ष प्रकाश खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार  प्रत्येक जेष्ठ नागरिकलाई १ /१ वटाका दरले छाता उपलब्ध बनाएको छ । वर्षातको समयलाई लक्षित गरी जेष्ठ नागरिकलाई आवतजावतमा सहज होस भन्ने उदेश्यले छाता वितरण गरिएको उहाँको भनाई छ । जेष्ठ नागरिकले निशुल्क रूपमा वर्षातको समयमा छाता पाउँदा खुसी व्यक्त गरेका छन् । वडाले जेष्ठ नागरिक सम्मान कार्यक्रमका लागि चालू आर्थिक वर्षमा  १ लाख २० हजार बजेट विनियोजन गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update