
रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सरोकारवालासँग अन्तक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरेको छ । आज नगरपालिकाको सभाहलमा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेकाे हो । अन्तरक्रिया कार्यक्रममा सुरक्षित वैदेशिक रोजगार परियोजनाका मनोसामाजिक परामर्श डिलबहादुर विकले वैदेशिक रोगारका क्रममा युवाहरुले भोग्नु परेका समस्या, रोजगारीको सिलशिलामा ज्यान गुमाउनेकोे संख्या, वैदेशिक रोजगारीले निम्ताउने पारिवारीक तनाव लगायतका विषयमा जानकारी बनाउनुभएको थियो ।
त्यस्तै सुरक्षित वैदेशिक रोजगार (सामी)ले गर्नुपर्ने काम कर्तव्य बारेमा पनि जानकारी बनाउनुभएको थियो । सुरक्षित वैदेशिक रोजगार (सामी) परियोजनाले तीन तहका सरकार र अन्य सरकारी निकायको समन्वयमा जिल्लामा काम गरिरहेको छ । सामि परियोजना नेपालमा २०६७ सालदेखि संचालनमा रहेको छ । परियोजनाले वैदेशिक रोजगारमा जाने युवाहरुलाई मुख्य प्राथमिकतामा राखेर काम गरिहहेको छ । याे परियाेजनाले सूचनाको पहुँच, न्यायमा पहुँच, सिपयुक्त जनशक्तीको विकास, वित्तिय साक्षरता र मनोसामाजिक परामर्शको क्षेत्रमा काम गरिहेको मनोरामाजिक परामर्श विकले जानकारी दिनुभयो । त्यस्तै सामि परियोजनाले वैदेशिक रोजगारमा देखिएको समस्यालाई सम्बन्धित व्यक्तीको घरमै पुगेर समस्या पहिचान गरी त्यसको सहजिकरण गर्ने काम पनि गरिहरेको छ ।
त्यसैगरी अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले वैदेशिक रोजगारका समस्या र जिल्ला प्रशासनको भूमिकाबारे प्रष्ट पार्नु भएको थियो । वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या, कानुनी व्यवस्था, वैदेशिक रोजगार निमावली ऐन २०६४ लगायत विषयमा प्रअिअ जिसीले बनाउनुभएको थियो । त्यस्तै वैदेशिक रोगारमा ठगीएका सम्बन्धी प्रशासनले गर्नुपर्ने काम कर्तव्यका बारेमा पनि उहाँले जानकारी बनाउनुभएको थियो ।
मुसिकोट नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक जिल्ला समन्यव समितिका प्रमुख देवबहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी जिसी, प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राणा, जनप्रतिनिधी, कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । सुरक्षित वैदेशिक रोजगार मुसिकोट नगरपालिका कर्मचारी विराज विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नगरपालिका कर्मचारी ललित बुुढाले गर्नुभएको थियो ।