Kakhara सबैको खबर सम्पूर्ण खबर
गाउँसभाको अवसरमा पत्रकार महासंघ रुकुम पश्चिमका सचिव दिपेन्द्र सहित ३० जना व्यक्ति सम्मानित

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पत्रकार महासंघ रुकुम पश्चिमका  सचिव दीपेन्द्र महतारा सहित ३० जना व्यक्तिलाई सम्मान गरेको छ । गाउँपालिकाको १७ औँ अधिवेशनको अवसर गाउँपालिकाले विभिन्न माध्यमबाट योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान गरेको हो । महासङ्घका सचिव महतारा रुकुम पश्चिमबाट प्रसारणमा रहेको रेडियो सानीभेरी एफ एममा  कार्यक्रम उत्पादकको रूपमा समेत कार्यरत हुनुहुन्छ । 

गाउँपालिकाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पालिकालाई चालू आर्थिक वर्ष २०८१ /०८२ मा योगदान पुर्‍याउने ३० जना व्यक्तिलाई नगद सहित सम्मान पत्रले सम्मान गरेको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभरबाट कक्षा ५, ८ र १० बाट उत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ  ।

त्यस्तै उत्कृष्ट विव्यस अध्यक्ष, उत्कृष्ट कृषक, उत्कृष्ट पालिकामा कार्य सम्पादन गर्ने कर्मचारी लगायतलाई सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  २३:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update