
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रत्येक वडा वडामा पुगेर सार्वजजिक सुनुवाई कार्यक्रम गरिरहेको छ । वितेको आर्थिक वर्षमा पालिकाले गरेका गतिविधि जनता सामु प्रस्तुत गर्दै जनताका गुनासा तथा सल्लाह सझाव संकलन सहित सार्वजजिक सुनुवाइ गरिरहेको हो । १० वटै वडाबासीका गुनासा, सल्लाह सुझाव संकलन गर्न तथा पालिकाले वर्षभरी गरेका गतिविधि जनता सामु पुर्याउन गाउँपालिको वडा वडामा सार्वजजिक सुनुवाइ कार्यक्रम आयोजना गरेको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो ।
सार्वजजिक सुनुवाइ कार्यक्रममा जनताले उठेका प्रश्नको गाउँपालिका अध्यक्ष गनेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, सम्बन्धित वडाका वडा अध्यक्ष, पालिकाका शाखा प्रमुखहरुले जवाफ दिइरहेका छन् । हिजो बिहिबार वडा नम्बर १० को गैरिखेतमा सार्वजजिक सुनुवाइ कार्यक्रम गरेको गाउँपालिको आज वडा नम्बर ९ को वडा कार्यालय चौतारामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।
त्यस्तै आइतबार ८ नम्बर वडा कार्यालयको माझगाउँ, १२ गते ७ नम्बर वडा कार्यालय मेलपोखरी, १३ गते ६ नम्बर वडा कार्यालय घोरेढुङगा, १४ गते ३ नम्बर वडा कार्यालय हरलेखारामा आयोजना गरिएको छ । त्यस्तै १५ गते ४ नम्बर वडा कार्यालय खुम्चेरी, १६ गते ५ नम्बर वडा कार्यालय जिवाङ, १७ गते १ नम्बर वडा कार्यालय रुघाँ र १८ गते २ नम्बर वडा कार्यालय विमैचामा सार्वजजिक सुनाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।
यस अघि पनि गाउँपालिको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो । यो भने वितेको आर्थिक वर्ष २०८१०८२ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम हो । सार्वजनिक सुनुवाइ कार्यक्रमले जनता र जनप्रतिनिधि विचको सम्बन्ध बलियो हुने र जनताका गुनासा तथा सल्लाह सुझावले आमागि दिनमा काम गर्न सजिलो हुने गाउँपालिको विश्वास व्यक्त गरेको छ ।