आठबिसकोट १४ ले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्यो
यस अभियानले विशेष गरी हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई ठुलो राहत पुगेको छ ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ को कार्यालयले वृद्ध वृद्धाहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र घरमै पुगेर नवीकरण गरेको छ ।
वडाध्यक्ष हुकुम पुनको पहल र वडा सचिव खेमराज पुन तथा केशव केसीको सक्रियतामा टोल टोलमै पुगेर सेवाग्राहीलाई सहज हुने गरी परिचयपत्र नवीकरण गरिएको हो ।
यस अभियानले विशेष गरी हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई ठुलो राहत पुगेको छ । घरमै सेवा पाउँदा वृद्ध वृद्धाले खुसी व्यक्त गर्दै वडा कार्यालयप्रति आभार प्रकट गरेका छन् ।
वडा सचिव खेमराज पुनका अनुसार वृद्ध वृद्धालाई लक्षित गर्दै घरमै सेवा पुर्याउने काम आगामी दिनमा पनि निरन्तर रहने छ ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्