रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ साँख स्वास्थ्य चौकीमामा परियोजना द्वारा सम्पादित कार्यक्रमको जिल्ला तथा पालिका स्तरीय संयुक्त अनुगमन गरिएको छ । आज मुसिकोट नगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, गैर सरकारी महासंघ लगायतको टोलीले स्वास्थ्य चौकीको संयूक्त अनुगमन गरिएकाे हो । रुकुमेली समाज विकास केन्द्र मार्फत वान हार्ट वल्र्ड वाइडले “स्थानीय सरकारको साझेदारीमा मातृ तथा नवशिशु स्वास्थ्य सेवा सुदृढिकरण परियोजना” मार्फत मुसिकोट नगरपालिकासँगको साझेदारीमा उक्त स्वास्थ्य चौकीमा प्रस्तुती केन्द्रको भवन स्तरउन्ती लगायतका काम गरेको थियो ।
जसमा मुसिकोट नपालिकाको ९ लाख ७२ हजार ८ सय ९७ र रुकुमेली समाज विकास केन्द्रको १० लाख ७० हजार २ सय २५ रुपैयाँ गरी कुल १९ लाख ७३ हजार २ सय ७२ खर्च भएको थियो । त्यस्तै रुकुमेली समाज विकास केन्द्रले प्रस्तुती केन्द्रको लागि अत्यावश्यक सामम्री बापत २ लाख ३४ हजार ९ सय ७५ रुपैयाँ, एक नर्सिङ कर्मचारीलाई क्लिनिकल मेन्टर तालिम, अन्य कार्यक्रम अन्तर्गगत सेवा मापदण्ड, व्यवस्थापन समितिलाई तालिम, तथा स्वमुल्यांकलन लगायतका तालिम सम्पन्न गरेकाे रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार संस्थाले जिल्लामा स्थानीय सरकारसंगको साझेदारीमा २ वटा प्रसुती केन्द्र निर्माण, जिल्ला अस्पतालमा अस्पताल विकास समिति संगको साझेदारीमा प्रसुती कुरुवा घर निर्माण, २० ओटा प्रसुती केन्द्रहरुमा अत्यावश्यक सामाग्री सहयोग गरेकाे थियो ।
त्यस्तै याेजना अवधिभर ३ वटा अस्पतालमा सिमुलेसन कक्ष स्थापना, ४ ओटा ग्रामिण अल्ट्रा साउण्ड मेसिन सहयोग, जिल्ला अस्पतालमा बिशेष नवशिशु हेरचाह कक्षको सामाग्री सहयोग गरिएको कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो । आज भएको साँख स्वास्थ्य चौकी अनुगमनका क्रममा स्वास्थ्य चौकीमा विद्युत लाइनको समस्या हुने गरेकाले ब्याकपको आवश्यक रहेको स्वास्थ्य चौकी व्यवस्थापन समितिले जनाएको थियो । त्यसको निम्ति पनि पहल गर्न नगरपालिका र रुकुमेली समाज विकास केन्द्रलाई आग्रह गरिएको थियो । अनुगमनमा मुसिकोट नगर प्रमुख महेन्द्र केसी, रुकुेली समाज विकास केन्द्रका अध्यक्ष केशनकुमार क्षेत्रियाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा प्रतिनिधी, गैरसरकारी महासंघ प्रमुख तथा प्रतिनिधी, पत्रकार लगायतको उपस्थित रहेको थियो ।





-1759842583.jpg)