Kakhara सबैको खबर सम्पूर्ण खबर
कविताः उस्तै भेट्छु ! 

आफ्नो अनुहार ऐनामा 
न देख्नेहरुको 
कथा,व्यथा र मुकुण्डो 
उस्तै भेट्छु । 
कालो पोतिएका कर्मकाण्डी डोव र स्टन 
उस्तै देख्छु । 
अरुलाई पुन्टे देख्ने 
निशव्द अनुहार 
स्वघोषित अग्लो भेट्छु । 
खासमा, उल्लु र हुस्सुहरुले 
आफ्नै अनुहार नपुछेर 
ऐना पुछेको पुलकित घमण्ड 
अझै उस्तै भेट्छु । 
समालोचनात्मक चेत 
साहित्य दर्पण र संसार 
अनि, 
सिर्जनात्मक र प्राज्ञ क्षमता 
बोधार्थ नगर्ने सुकिलाहरु 
अझै उस्तै भेट्छु ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update