
रुकुम पूर्वको भूमे गाउँपालिकाले २ दिन विदा दिएको छ । जेठ ३१ आज र असार १ गते भोली गरी २ दिन स्थानीय विदा दिएको गाउँपालिकाले जनाएको छ । स्थानीय पर्वको अवसरमा गाउँ कार्यपालिकाको निर्णयानुसार विदा दिइएको हो । मगर समुदायको ठूलो चाड भूम्या पर्वको अवसरमा २ दिन स्थानीय विदा दिइएको गाउँपालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले गाउँ कार्यपालिकाको निर्णय अनुसार २ दिन स्थानीय विदा रहेको भनेर सूचना मार्फत जानकारी गराउनु भएको छ । जेठ ३० गते बसेको गाउँ कार्यपालिकाको बैठकले २ दिन विदा दिने निर्णय गरेको छ । साथै कोरोना भाइरसको दोस्रो भेरियन्टका कारण भूम्या पर्व मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ ।
मान्छेको भिडभाड नगरी, सामूीहक नाचगान नगरी परम्परागत शैलीमा आफू आफू घरकाले मात्रै यो पर्व मनाउन गाउँ कार्यपालिकाले सबैलाई अनुरोध गरेको छ । भूम्या पर्व रुकुम पूर्वका अधिकांह मगर समुदायको ठूलो पर्व हो । एक महिना मनाइने यो पर्व कोरोना भाइरसका कारण सीमित विधि र समयको उपयोग गरी मनाइदै छ ।