रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ क्वामामा ७ सय मिटर लामो सिलेट गोरेटो बाटो निर्माण गरिएको छ । चालु आर्थिक वर्षको बस्ती सुधार कार्यक्रम अन्तर्गत दुई स्थानमा गोरेटो बाटो निर्माण गरिएको हो । सङ्घ सरकारको अनुदान कार्यक्रम अन्तर्गत १८ सय मिटर गाेरेटाे बाटाे निर्माण गरिएकाे हाे भने जसमा ७ सय १५ मिटर लामो सिलेट गोरेटो बाटो निर्माण गरिएको वडा अध्यक्ष जयबहादुर थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय उपभोक्ता समिति मार्फत सिलेट गोरेटो बाटो निर्माण गरिएको हो । तल्लो क्वामामा ३ सय २८ र माथिल्लो क्वामामा ३ सय ८७ गरेर कुल ७ सय १५ मिटर लामो सिलेट गोरेटो बाटो निर्माण गरिएको छ । बाँकी गाेरेटाे बाटाे निर्माण गरिएकाे हाे । उक्त गोरेटो बाटो निर्माण गर्न सङ्घ सरकार मार्फत २५ लाख बजेट विनियोजन भएको थियो । उक्त बजेट मार्फत काम सम्पन्न भएको हो । सिलेट गोरेटो बाटो मर्मत भएसँगै उक्त गाउँका करिब एक सय घरपरिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो ।
योजना सम्पन्न पश्चात् मुसिकोट नगरपालिकाले अनुगमन समेत गरेको छ । आज उक्त योजनाको अनुगमन समितिका संयोजक तथा मुसिकोट नगर उपप्रमुख विमलकुमार पुन, योजना शाखा प्रमुख शुदर्शन शाह, ८ नम्बर वडा अध्यक्ष जयबहादुर थापा, १० नम्बर वडा अध्यक्ष धनबहादुर खड्का, मुसिकोट नगरपालिकाका इन्जिनियर तुफानजङ केसी, पत्रकार लगायतले अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा अनुगमन समितिका संयोजक पुनले गोरेटो बाटो स्टामेट अनुसार निर्माण भएको र यो बाटो दीर्घकालीन रूपमा जोगाइ राख्न स्थानीयको पनि भूमिका हुने बताउनुभएको थियो । योजना सम्पन्न गर्ने र सम्पन्न पश्चात् बेवास्ता गर्ने प्रवृत्ति भएकाले संरक्षणमा पनि ध्यान दिन समेत उहाँले स्थानीय बासीलाई आग्रह गर्नुभएको थियो ।







-1759842583.jpg)