Kakhara सबैको खबर सम्पूर्ण खबर
कार्यसम्पादन मूल्यांकनमा चौरजहारी कर्णालीमै पहिलो, त्रिवेणी तेस्रो, अन्य पालिकाको अवस्था कस्तो ?

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८२÷०८३ को कार्यसम्पादन मूल्याङ्कन बापत प्रदेश र स्थानीय तहले प्राप्त गरेको अङ्क सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै प्रदेश तथा स्थानीय सरकारले प्राप्त गरेको कार्यसम्पादन मूल्याङ्कन अङ्क सार्वजनिक गरेको हो । जसमा रुकुम पश्चिममा ६ वटा स्थानीय तह रहेकामा पहिलो चौरजहारी नगरपालिका भएको छ । भने दोस्रो त्रिवेणी गाउँपालिका भएको छ । 

कार्यसम्पादनमा मूल्याङ्कनमा पहिलो भएको चौरजहारी नगरपालिकाले ८२ दशमलव १५ प्रतिशत प्राप्त गरेको छ । त्यस्तै दोस्रो स्थान प्राप्त गरेको त्रिवेणी गाउँपालिकाले ७४ दशमलव ९० प्रतिशत अङ्क प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेको सानीभेरी गाउँपालिकाले ६८ दशमलव ९१ अङ्क प्राप्त गरेको छ । त्यस्तै मुसिकोट नगरपालिकाले ६७ दशमलव २२ अङ्क प्राप्त गरी चौथो स्थान प्राप्त गर्दा आठविसकोट नगरपालिका ६६ दशमलव ०४ र अन्तिम बनेको बाँफिकोट गाउँपालिकाले ५८ दशमलव ३३ अङ्क प्राप्त  गरेको छ ।

८२ दशमलव १२ प्रतिशत अङ्क प्राप्त गरी चौरजहारी नगरपालिका कर्णाली प्रदेशमै पहिलो बन्दा, जाजरकोटको भेरी नगरपालिका ७६ दशमलव ९६ अङ्क प्राप्त गरी दोस्रो बनेको छ भने रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका ७४ दशमलव ९० प्रतिशत अङ्क प्राप्त गरी कर्णाली प्रदेशमै तेस्रो भएको छ । 

वित्त आयोगले विभिन्न १७ सूचकमा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गर्ने गरेको छ । गाउँ कार्यपालिका तथा नगर कार्यपालिको २०८२/०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभामा पेस गरे नगरेको, गाउँ कार्यपालिका तथा नगर कार्यपालिकाको आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ सभाबाट २०८२ असार मसान्तभित्र पारित गरे नगरेको लगायतका सूचकमा मूल्याङ्कन गरिन्छ ।

b51c38a6-e874-48a8-b6a0-67c65d747d55-1770895602.jpeg

प्रकाशित मिति: बिहीबार, माघ २९, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update