नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले ‘योगेश्वर वाङ्मय पुरस्कार २०८२’ रुकुम पश्चिमका स्रष्टा पूर्ण ओलीलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै रुकुम पश्चिमका स्रष्टा ओलीलाई ‘योगेश्वर वाङ्मय पुरस्कार २०८२’ प्रदान गर्ने निर्णय गरिएको जानकारी बनाएको हो । योगेश्वर वाङ्मय पुरस्कार नेपाली कलासाहित्य प्रतिष्ठानका लागि योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले स्रष्टा एवम् समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापित पुरस्कार हो ।
प्रतिष्ठानले हरेक वर्ष २५ हजार पुरस्कार राशी प्रदान गर्दै आएको छ । प्रतिष्ठानका अध्यक्ष, कवि तथा निबन्धकार मोमिलाद्वारा जारी विज्ञप्तिअनुसार प्रतिष्ठानका उपाध्यक्ष तथा पुरस्कार संस्थापक राजेश्वर कार्कीको अध्यक्षतामा बसेको चयन समितिको बैठकले ओलीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
साहित्यलाई आत्मसात गर्दै समाजसेवीका रूपमा समेत आफूलाई समर्पित गर्दै आएका ओलीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले पुरस्कार काठमाडौंभन्दा बाहिरका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ स्थापना गरेको जनाएको छ । उक्त पुरस्कार प्रतिष्ठानको आयोजनामा यही चैत २८ गते सोलुखुम्बुमा आयोजन हुने विशेष सिर्जना उत्सवमा प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।





-1759842583.jpg)