रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले बसपार्क नजिकका अस्थायी संरचना हटाउन अनुरोध गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै वडा नम्बर २ स्थित बसपार्क नजिक रहेका अस्थायी संरचना हटाउन अनुरोध गरेको हो । बसपार्क नजिकै निर्माणाधीन तरकारी सङ्कलन केन्द्र निर्माण कार्य तत्काल अगाडी बढाउनु पर्न भएकोले अस्थायी टहरा हटाउन अनुरोध गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश डाँगीले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त स्थानमा काम गर्दा कुनै किसिमको अवरोध नआओस् भन्ने उद्देश्यले सो क्षेत्रमा रहेका सम्पूर्ण अस्थायी टहरा, छाप्रा तथा अन्य संरचनाहरू सात दिनभित्र हटाउन अनुरोध गरिएको नगरपालिकाले जनाएको छ । निर्धारित समयावधिभित्र स्वेच्छाले टहरा तथा संरचना नहटाएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया पूरा गरी हटाउने नगरपालिकाले जनाएको छ ।





-1759842583.jpg)