Kakhara सबैको खबर सम्पूर्ण खबर
मापसे गरेर सवारी चलाउने आठबिसकोट नगरपालिकाका चालक हटाइए 

मादक पदार्थ सेवन गरी सरकारी गाडी चलाउने चालक जागिरबाट हटाइएका छन् । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका चालक अविनाश विष्टलाई नगरपालिकाले जागिरबाट हटाएको हो ।

विष्टले मादक पदार्थ सेवन गरेर गाडी चलाई कर्मचारीको आचरण विपरीतको काम गरेको भन्दै चालक विष्टको करार सम्झौता रद्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जानकारी दिनुभयो ।

विष्ट नगरपालिका अन्तर्गत हल्का सवारी चालक पदमा करार सेवामा कार्यरत हुनुहुन्थ्यो । मादक पदार्थ सेवन गरेर गाडी चलाएको भन्दै प्रदेश ट्राफिक प्रहरी कार्यालयको सवारी जाँचमा उहाँ सुर्खेतमा कारबाहीमा पर्नुभएको थियो । विष्ट प्रदेश ट्राफिक प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजालकै चेकिङमा पर्नुभएको थियो ।

चेकिङमा विष्टले मादक पदार्थ सेवन गरेको पुष्टि भएको थियो । सवारी जाँचको क्रममा खिचिएको भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भएको थियो । नगरपालिकाले हिजो नै विष्टलाई हटाएको हो ।

1000166087-1775208694.jpg
 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update