Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम, सहभागीले के गरे गुनासो ?

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले  अर्ध वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । आइतबार वडा नम्बर ३,४ र ६ को झुल्नेटामा संयुक्त रूपमामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयबासीले खानेपानीको समस्या हल गर्नुपर्ने, ग्रामीण सडक बाह्रै महिना संचालन हुने गरी स्तरउन्नति गर्नुपर्ने, पालिकाबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउनुपर्ने लगायतका गुनासो राखेका थिए । त्यसै झुल्नेटा बजारबाट  निस्किने फोहोरमैला व्यवस्थापन,  बजार क्षेत्रमा सिसि क्यामेरा जडान, विकास निर्माणमा भएको कामको प्रभावकारी अनुगमन गर्नुपर्ने लगायतका विषय उठाएका थिए ।

सहभागीहरु उठाएका प्रश्नहरुको जवाफ गाउँपालिका अध्यक्ष गनेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी र सम्बन्धित वडाका  वडा  अध्यक्षहरुले प्रष्ट पार्नुभएको थियो । पालिका तथा वडाबाट प्रवाह हुने सेवामा सेवाग्राहीलाई कुनै समस्या भएमा तत्काल सम्बन्धित ठाउँमा सम्पर्क गर्न पनि पालिकले गएको छ ।

सार्वजनिक सुनुवाइ कार्यक्रम पालिका अध्यक्ष केसी, उपाध्यक्ष रेउले, प्रमुख प्रशासकीय अधिकृत भण्डारी, ३ नम्बर वडा अध्यक्ष दिपेन्द्रकुमार ओली, ४ नम्बर वडा अध्यक्ष नन्नराम बाँठा, ६ नम्बर वडा अध्यक्ष भद्रबहादुर शेर्पली, पालिकाका विभिन्न शाखा प्रमुख, स्थानीयवासी पत्रकार लगायतको उपस्थिति रहेको थियो । आइतबारबाट सुरु भएको पालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम भोलि सिम्रुतुमा र मंगल  पेदिखेत हुने त्रिवेणी गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २१:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update