Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा  “नेपालमा यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार सुधारका लागि स्वास्थ्य प्रणाली उत्थानशील परियोजना” शुभारम्भ
पा

रुकुम  पश्चिमको सानीभेरी गाउँपालिकामा “नेपालमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सुधारका लागि स्वास्थ्य प्रणाली उत्थानशील परियोजना” शुभारम्भ गरिएको छ । आज कार्यक्रमका विच सानीभेरी गाउँपालिकामा उक्त कार्यक्रम शुभारम्भ गरिएको हो । आइपास नेपालको आर्थिक सहयोग तथा रुकुमेली समाज विकास केन्द्र रुकुम पश्चिमको  सहकार्यमा उक्त परियोजना शुभारम्भ भएको रुकुमेली समाज विकास केन्द्रका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार परियोजनाको मुख्य उदेश्य नेपालका सिमान्तकृत महिला, बालबालिका तथा किशोर किशोरीहरुको समग्र यौन तथा प्रजनन् स्वास्थ्य तथा अधिकार सुधार गर्नु रहेको छ । त्यस्तै स्वास्थ्य प्रणालीलाई प्रवद्र्धन गर्ने, महिला तथा किशोरकिशोरी र बालबालिकाको स्वास्थ्य अधिकारलाई कायम राख्ने, नीति तथा निर्देशिकाहरूको अनुमोदन र कार्यान्वयनलाई सुदृढ बनाउने उदेश्य रहेको छ ।

“नेपालमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सुधारका लागि स्वास्थ्य प्रणाली उत्थानशील परियोजना” रुकुम पश्चिमका तीन स्थानीय तह सानीभेरी गाउँपालिका, चौरजहारी नगरपालिका र मुसिकोट नगरपालिकामा संचालन गरिने कार्यकारी निर्देशक ओलीले जानकारी दिनुभयो । उक्त परियोजना पाँच वर्ष अर्थात सन २०३० सम्म संचालन हुनेछ । सानीभेरी गाउँपालिकामा पाँच वर्षसम्म संचालन हुने गरी “नेपालमा यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सुधारका लागि स्वास्थ्य प्रणाली उत्थानशील परियोजना” शुभारम्भ भएको परियोजना मार्फत यौन तथा प्रजनन स्वास्थ्यमा महत्वपूर्ण उपलब्धि हनुे अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्टले बताउनुभयो । उक्त परियोजना रुकुम पश्चिमसहित सल्यान, जाजरकोट, सुर्खेत र दैलेखमा संचालन  हुने छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update