रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले पक्राउ पुर्जी विना नगर प्रहरीलाई प्रहरी भ्यानमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै सम्मानपूर्वक नगरपालिका फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नगरपालिकाले आज एक प्रेस विज्ञप्ती जारी गर्दे यस्तो चेतावनी दिएको हो । नगर प्रहरीलाई ससम्मान फिर्ता नगरे भोलीदेखि नगरपालिकाबाट हुने सवै सेवा बन्द गर्ने र चरणबद आन्दोलनमा उत्रिने प्रेस विज्ञप्ती मार्फत जानकारी बनाएको छ । उक्त घटनाले सम्पूर्ण कर्मचारीतन्त्रको मनोबल गिराएको समेत उल्लेख गरिएको छ ।
नगर क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका अटो रिक्सा नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा सार्वजनिक सेवा प्रभावकारी बनाउन नगर प्रहरीले नियमित चेकजाँच गर्दै आएको थियो । सोही क्रममा लु २ ह ०२०७ नम्बरको अटोमा चालक शन्ताेस विकले क्षमताभन्दा बढी चालकसहित ६ जना यात्रु राखिएको अवस्थामा नगर प्रहरीले नियन्त्रणमा लिन खोज्दा विवाद भएको जनाएको छ ।
विवाद भएको विषयमा गल्ती स्वीकार गरी कागज समेत गरेको परिवेशमा विवादित विषयलाई मिलापत्र बनाउने नाउँमा आफ्नो डिउटीमा रहेका नगर प्रहरीलाई नगरपालिकाको गेटभित्रबाटै प्रक्राउ पुर्जी विना ठाडो हस्तक्षेप गरी प्रहरी भ्यानमा राखि लिने सुरक्षा निकायको कार्य प्रति घोर भत्सणा गर्दछौ विज्ञप्तीमा भनिएको छ । नगरपालिकाले कर्तव्य निर्वाह गरिरहेका नगर प्रहरीलाई अपराधीझैँ व्यवहार गरिएको भन्दै आपत्ति जनाएको छ ।
नगरपालिकाले सामाजिक सञ्जालमार्फत नगर प्रहरीको चरित्रहत्या गर्ने, भ्रमपूर्ण सूचना फैलाउने तथा सार्वजनिक सेवामा अवरोध पु¥याउने गतिविधि बढेको उल्लेख गर्दै यस्ता कार्य तत्काल रोक्न समेत आग्रह गरेको छ । नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुले संयुक्त रुपमा हस्ताक्षर सहित उक्त विज्ञप्ति जारी गरिएको हो ।
अटो चालकहरुले भने चेकजाँचको नाउँमा नगरप्रहरीले हातपात गरेको भन्दै मुसिकोट नगरपालिकामा कारबाहीको माग गर्दै आज विहान नगरपालिका घेराउ, सडक अवरोध, नाराबाजी समेत गरेका थिए ।सोही विवाद नगरपालिकामा मिल्न नसेकेपछी विवाद मिलाउन दुवै पक्षलाई जिप्रका ल्याएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।





-1759842583.jpg)