रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको उत्पन्न भएको नगर प्रहरी र अटो चालक व्यवसायी विचको विवाद सहमति भएको छ । दुई दिनको प्रयासपछि नगर प्रहरी र अटो चालक व्यवसायि विचको विवाद सहमति भएको हो । नगर प्रहरीले नियम अनुसार अटो दर्ता तथा नविकरण भए, नभएको हेर्ने, आगामी दिनमा अटो चालकलाई हातपात तथा अमानविय व्यववहार नगर्ने, अटो चालकहरुले पनि नियम अनुसार प्रकृया पुर्याएर अटो संचालन गर्ने लगायतका विषयमा सहमति भएर दुवै पक्षले गल्तीकाे स्वीकार गर्दै एकआपसमा माफी मागेपछि सहमति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
सहमति पश्चात दुवै पक्षलाई बुधबार साँझ नै छोडिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरिप्रसाद पुनले जानकारी दिनुभयो । चेकजाँचको नाममा अटो चालक माथि नगर प्रहरीले हातपात गरेको भन्दै मंगलबार अटो व्यसायिले नगरपालिका घेराउ, सडक अवरोध तथा नारावाजीसहित कारबाहीको माग गर्दे विरोध गरेका थिए ।
त्यसपश्चात नगरपालिकामा विवाद मिल्न नसकेपछि दुवै पक्षलाई छलफलका लागि जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । सोही कारण देखाउँदै डिउटीमा खटिएका नगर प्रहरीलाई नगरपालिकाको गेटभित्रैबाट प्रक्राउ पुर्जी विना प्रहरीको भ्यान हालेर लग्नु प्रहरी प्रशासनको ठाडो हस्तक्षेप भएको भन्दै नगरपालिकाले यसको विरोधमा बुधबार दिनभर नगरको सेवा समेत ठम्प पारेको थियो ।
दुवै पक्षको सहमति भएपछि भने नगरपालिकाले आजबाट सेवा सूचारु गरेको जनाएको छ । अटो चालक शन्तोश विकलाई नगर प्रहरी असइ उमेश केसीसहित ३ जनाले हातपात गरेको भन्दै अटो व्यसायिले विवाद चर्किएका थिए ।





-1759842583.jpg)