Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्लास्तरिय राष्ट्रपती रनिङ शिल्डमा तेस्रो भएको त्रिवेणीलाई पालिकाको सम्मान 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले १६ औं जिल्लास्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीलाई सम्मान गरेको छ । आज शिक्षा युवा तथा खेलकुद शाखामा एक कार्यक्रको आयोजना गरी सम्मान गरेको हो । शिल्डमा पदक प्राप्त गर्ने सवै खेलाडीलाई त्रिवेणी गाउँपालिका अध्यक्ष गनेशकुमार केसीले अविर तथा दोसल्ला लगाएर सम्मान तथा बधाइ व्यक्त गर्नुभएको हो ।

आइतबार मुसिकाेटमा सम्पन्न १६ औं जिल्लास्तरिय राष्ट्रपती रनिङ शिल्डमा त्रिवेणी गाउँपालिका तेस्रो भएको थियो । पालिकाले कताते तर्फ ७ र तेक्वादोतर्फ १ र कवडीतर्फ १ गरी कुल ९ स्वर्ण पदक प्राप्त गरेको थियो । भने ५ रजत र १५ काश्य  गरी कुल त्रिवेणीले  २९ पदक प्राप्त गरेको थियाे । त्यस्तै आठविकोट नगरपालिका १६ स्वर्ण सहित प्रथम हुँदा १२ स्वर्ण पदक प्राप्त गर्दै मुसिकाेट नगरपालिका दोस्रो भएको थियो ।

शिक्षा शाखा प्रमुख मानबहादुर विश्वकर्माको अध्यक्षतामा भएको बधाई तथा सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा २ नम्बर वडा सदस्य भिमदत्त बुढाथोकी, शिक्षा अधिकृत ओविराम रोका, प्रशासन सहायक लिलामणी दाहाल लगायत खेलाडीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षा शाखाका प्रास सुरेश पुनले गर्नुभएको थियो । 

35866638-be4e-4a2a-b4fe-d46d95442f26-1779111749.jpeg

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १९:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update