Kakhara सबैको खबर सम्पूर्ण खबर
त्रिवेणी गाउँपालिकाले गर्यो सहिद परिवारका सदस्यलाई सम्मान 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सहिद परिवारका सदस्यलाई सम्मान गरेको छ । मंगलबार गाउँपालिका कार्यालय खारानेटामा एक कार्यक्रमको आयोजना गरी सहिद परिवारका सदस्यलाई सम्मान गरेको हो । सहिद सम्मान कार्यक्रम अन्तरर्गत पालिकाभर रहेका ५६ जना सहिद परिवारका सदस्यलाई सम्मान गरिएको त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुउपस्थिती भएका २० जना सहिद परिवारका सदस्यलाई वडा कार्यालय मार्फत सम्मान पठाइने छ । सहिद सम्मान कार्यक्रमको लागि चालु आर्थिक वर्षको लािग गाउँपालिकाले ३ लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटबाट प्रत्येक सहिद परिवारका सदस्यलाइ २ लिटरको एउटा थर्मस र एउटा इलेक्ट्रिक किल्टीसहित खादा र टिका लगाएर सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

सहिद परिवारका सदस्यलाई गाउँपालिका अध्यक्ष गनेशकुमार केसी, उपाध्यक्ष राजकुमारी रेउलेले  खादा, अविर लगाएर सम्मान गर्नुभएको थियो ।   सहिदको सम्मान गर्दै पालिकाले हरेक वर्ष सहिद परिवारका सदस्यलाई सम्मान गर्दै आएको छ । 

गाउँपालिका अध्यक्ष केसीको अध्यक्षता भएको सम्मान कार्यक्रमा ५ नम्बर वडा अध्यक्ष तथा सामाजिक विकास संयोजक रणबहादुर पुन, प्रमुख प्रशासकीय अधिधकृत भण्डारी,  १ नम्बरका पुर्व वडा अध्यक्ष महोनकिशोर ओली, पुर्व वडा अध्यक्ष तथा सहिद परिवार सदस्य खड्कबहादुर घर्ती  लगायतको उपस्थिती रहेको थियो । गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउलेले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन पालिकाका सूचना अधिकार जिन्सी शाखा प्रमुख  सुरेन्द्र खत्रीले गर्नुभएको थियो । 

702134756_1008184392170937_8404375134417166423_n-1779195151.jpg

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update