Kakhara सबैको खबर सम्पूर्ण खबर
लायन्स क्लब अफ मुसिकोट खलंगाको चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एन नेपाल अन्तर्गत स्थापना भएको लायन्स क्लब अफ मुसिकोट खलंगाको चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मुसिकोट नगरपालिका ५ सेरिगाउँ स्थित होटेल श्रीमा चार्टर हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमा डिस्ट्रिक्ट गभर्नर तथा प्रमुख अतिथि टिकाराम चपाईले पानसमा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

त्यस्तै  प्रमुख अतिथि चपाइले क्लबलाई आधिकारिक रूपमा चार्टर हस्तान्तरण गर्नुभएको हो । प्रमुख अतिथि चपाइले क्लबको स्थापना, उद्देश्य तथा भावी कार्ययोजनाबारेमा समेत प्रस्ष्ट पार्नु भएको थियो । लायन्स अभियान मानवीय सेवामा केन्द्रित रहेको उल्लेख गर्दै नवगठित लायन्स क्लब अफ मुसिकोट खलंगाले सामाजिक उत्तरदायित्वका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । चार्टर हस्तान्तरणसँगै क्लबले आफ्नो औपचारिक यात्रा प्रारम्भ गरेको छ ।

0dc87ab5-d713-498a-8eed-8abe528a6796-1781006587.jpeg

कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरूलाई चार्टर पेपर तथा प्रमाणपत्र वितरण गरिएको थियो । भने लायन्स क्लव मुसिकोटले प्रमख अतिथि, विशेष अतिथि र अतिथिलाई  मायाको चिनो प्रदान गरेको थियो । लायन्स क्लब अफ मुसिकोट खलंगाका अध्यक्ष जयबहादुर थापले  क्लवले आगामी दिनमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका विविध क्षेत्रमा समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । क्लवको मुख्य उदेश्य आर्थिक लाभ नभइ सामाजिक कार्य गर्ने रहेको उहाँको भनाई थियो ।

291992cd-796d-4c0a-8320-8d42e2571664-1781006586.jpeg

लायन्स क्लबको स्थापनाले जिल्लामा सामाजिक सेवाका गतिविधिलाई थप सशक्त बनाउन सहयोग पुग्ने विस्वास व्यक्त गरिएको छ  । डिस्ट्रिक्ट गभर्नर चपाइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा पूर्व डिस्ट्रिक्ट गभर्नर मुकुट ढकाल र  उपाध्यक्ष चिन्तामुनी धितालको विषेश आतिथ्यता रहेको थियो । कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरू, विद्यार्थी, पत्रकार लगायतको सहभागिता हरेको थियो । कार्यक्रमको संचालन लायन्स क्लव मुसिकोटका सचिव विमलकुमार पुनले गर्नुभएको थियो । 
998d544b-72a2-4a42-bacd-a75e095b36e1-1781006588.jpeg

प्रकाशित मिति: मंगलबार, जेठ २६, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update