बाँफिकोट गाउँपालिकाले बिहिबार नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट बिहीबार प्रस्तुत गर्ने भएको छ । पालिकाले एकै दिन नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने जनाएको हो । २० औँ गाउँ सभाको अधिवेशनमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्ने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकासविक्रम शाहले जारी गरेको सूचना बिहीबार बिहान ११ बजे गाउँपालिकाको सभा हल, शहीद भवनमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा सर्वसाधारण नागरिकलाई उपस्थित हुन गाउँपालिकाले आग्रह गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, असार २, २०८३ १७:२८
प्रतिक्रिया दिनुहोस्




1686475760.jpg)


-1759842583.jpg)