Kakhara सबैको खबर सम्पूर्ण खबर
भत्केको स्वास्थ्य संस्थाबाट सेवा प्रवाह
भत्केकै भवनमा काेराेना विरुद्वकाे खाेप लाउन आएकाहरु । तस्बिर बलेन्द्र ओली ।

यहाँको एक स्वास्थ्य संस्थाले भत्केकै अवस्थामा सेवा प्रवाह गरिरहेको छ । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका २, गैरीनेटाको आधारभुत स्वास्थ्य इकाईले झण्डै महिनादिनदेखि भत्केको भवनबाटै स्वास्थ्य सेवा प्रवाह गरिरहेको हो । झण्डै एक महिना अघि उक्त स्वास्थ्य संस्था भत्केको थियो । गत असार २३ गते राती भवन भत्किको थियो ।

भवनको एकातर्फको भाग भत्केपनि अर्को तर्फबाट सेवा प्रवाह भइरहेको स्थानीय बलेन्द्र ओलीले जानकारी दिनुभयो । भवनका दुई कोठामध्य एउटा कोठा सिलाई कटाईका लागि प्रयोग गरिएको थियो । स्वास्थ्य संस्थाले औषधोपचार, परामर्श तथा खोप सेवा पनि भत्केकै भवनबाट दिइरहेको छ ।

उक्त भवन नजिकै अर्को नयाँ भवन पनि बनेको छ  यद्यपी उक्त भवनमा स्वास्थ्य इकाई सारिएको छैन । भवन भत्केर जोखिम बढ्दा पनि नयाँ भवनमा सारेर सेवा प्रवाह नगरेको भनेर स्थानीयले आक्रोश व्यक्त गरेका छन् । वडाध्यक्ष शोभाराम बोहराले भने नयाँ भवन नयाँ भवन व्यवस्थापनको काम भइरहेकाले स्वास्थ्य इकाई सार्न ढिलाई भएको जानकारी दिनुभयो । अबको केही दिनमै स्वास्थ्य सेवा प्रवाह नयाँ भवनबाट हुने उहाँले बताउनुभयो । त्यसको तयारीको काम भइरहेको उहाँको भनाई छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update