Top Navigation
बुधबार, मंसिर १३, २०८० ०५:२१:५९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०५:२१:५९
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #शव फेला
  • #दुर्घटना
  • #बेल्टापु मेला
  • #खेलकुद
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • बिद्यालयमा औंलामा किताब घुमाउने रहरले बनेका तीन विश्व रेकर्ड
बिद्यालयमा औंलामा किताब घुमाउने रहरले बनेका तीन विश्व रेकर्ड एक वर्षभन्दा लामो समयको कडा मिहिनेत पछि उहाँ १२ सय ग्रामको गिनिज बुक अफ वल्र्ड रेकर्डको किताब २ घण्टाभन्दा लामो समयसम्म घुमाउन सक्नुभयो ।
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, असोज ९, २०७८

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ का २० वर्षिय मानसिंह ओली (प्रभास)लाई सानै देखि कापी, किताब वा अन्य कुनै चिज औंलामा घुमाउन औधि मन पर्थ्याे । कापी, किताब होस वा अन्य कुनै ठोस वस्तु पाउने वित्तिकै उनि आफ्नो हातको औंलामा घुमाउन थालिहाल्थे । बिद्यालय उमेरमा उनलाई कुनै चिज हातको औंलामा घुमाउन रमाईलो लाग्थ्यो । र राम्ररी घुमाउथे पनि । साथीहरु संगै हातको औंलामा कापी, किताब घुमाउने उनि अरु भन्दा राम्रै पनि घुमाउथे । जिल्ला सदरमुकाम मुसीकोटमा रहेको त्रिभुवन जनता माविमा माध्यमिक तहसम्मको शिक्षा हाँसिल गरी उच्च शिक्षा अध्यनका लागि राजधानी हानिएका उनि हाल शंकरापुर पाेलिटेक्निकल कलेज साँखुमा जियोमेट्रिक्स इन्जिनियरिङ पढिरहेका छन् ।

अध्यनका लागि लागि काठमाडौं गएपनि उनिलाई हातको औंलामा केही न केही घुमाईरहन मन लागिहाल्थ्यो । औंलामा कुनै वस्तु लामो समयसम्म घुमाउने कला थप निखारिदै गयो । उनि लामो समयसम्म पनि औंलामा कुनैवस्तु घुमाउन सक्ने भए । यो देख्दा उनका साथीहरु छक्क पर्थे । उनले किताबमा कतै पढेका थिए लामो समय औंलामा किताब घुमाउदा पनि विश्व रेकर्ड बन्छ भनेर । आफ्नो कला निखारिदै गएपछि उनलाई पनि विश्व रेकर्डका लागि प्रयास गर्ने सोँच आयो । तर उनलाई थाहा थिएन त्यसका लागि के गर्नुपर्छ भनेर । ‘रुकुमबाट पढ्का लागि भनेर पहिलो पटक काठमाडौं पुगेको थिए, यताउता धेरै केही थाहा थिएन्, उनले भने, तर मौका मिल्यो भने प्रयास गर्छु भन्ने लागिरहेको थियो ।’

आज उनै मानसिंहका नाममा तीन वटा विश्व रेकर्ड बनेका छन् । विश्व रेकर्डका लागि प्रयास गर्ने सपना दिनेश सुनारको सहयोगले सम्भव भयो । विभिन्न विधामा विश्व रेकर्ड बनाएका दिनेशले मानसिंहलाई विश्व रेकर्डमा भाग लिनका लागि सहयोग गरे । दिनेशलाई भेटेर आफ्नो कला देखाएको र आफ्नो योजनाबारे सुनाएपछि उनले सहयोग गरेको मानसिंहले बताए । २०१९ मा मानसिंहले विश्व रेकर्डमा सहभागि हुनका लागि फारम भरे । त्यसपछि मानसिंहको अभ्यास बढ्यो ।

मानसिंहले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१८ को किताब किनेर ल्याए । रेकर्डका लागि उक्त किताब नै घुमाउनुपर्ने भएपछि उक्त किताब किनेको उनले सुनाए । तर उनले सुरुमा ५ मिनेटसम्म पनि उक्त किताब घुमाउन सकेनन् । यो कुराले सुरुमा त उनलाई खिन्न बनायो । तर अठोट लिएर उनि निरन्तर लागिराखे । बिस्तारै उनलाई बाणि पर्दै गयो । कला थप निखारिदै गयो । एक वर्षभन्दा लामो समयको कडा मिहिनेत पछि उनि १२ सय ग्रामको गिनिज बुक अफ वल्र्ड रेकर्डको किताब २ घण्टाभन्दा लामो समयसम्म घुमाउन सक्ने भए । त्यसपछि उनको आत्मविश्वास थप बढ्दै गयो । विश्व रेकर्डका लागि भरेको फारम पनि स्विकृत भयो । तर अब मानसिंहलाई अर्को चिन्ताले सतायो । त्यो चिन्ता थियो विश्व रेकर्डका लागि कसले कार्यक्रम आयोजना गरिदिन्छ ।

उनै दिनेशको सहयोगमा मानसिंहलाई विश्व रेकर्डमा सहभागि हुनका लागि २ संस्थाले सहयोग गर्ने भए । एउटा थियो व्यालेन्स ग्रुप अफ कम्पनी र अर्को थियो हिमालयन अर्गानिक मार्ट । यि दुई संस्थाले मार्च महिनामा आयोजना गरेको कार्यक्रममा मानसिंहले विश्व रेकर्ड बनाए । गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्राम अर्थात १ किलो २ सय ग्राम तौलको किताब मानसिंहले ३ घण्टा ४० मिनेट हातको औंलामा घुमाए । यो विश्व रेकर्ड बन्यो । रेकर्ड कायम गरेपछि मानसिंहलाई देश विदेशबाट बधाईको ओईरो आयो । मानसिंह सर्वत्र चर्चामा रहे ।

उनि यति मै रोकिएनन् । पहिलो रेकर्ड कायम गरेको ६ महिनामा मानसिंहले थप २ वटा रेकर्ड कायम गरेका छन् । उनले असोज ४ गते काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रम मार्फत २ वटा रेकर्ड राखेका हुन् । एउटा रेकर्ड थियो सबैभन्दा लामो समय प्लेट हातको औंलामा घुमाउने र अर्को गिनिज बुक अफ वल्र्ड रेकर्डको किताब एक मिनेटमा सबैभन्दा बढी पटक फन्को लगाउने । उनले ४ घण्टा ४ मिनेट ४४ सकेण्डसम्म प्लेट औंलामा घुमाए । यसअघि सो रेकर्ड भारतका हिमान्सु गुप्ताको नाममा थियो । उनले २ घण्टा १० मिनेट ४ सकेण्डमा यो रेकर्ड राखेका थिए ।

त्यस्तै ओलीले गिनिज बुक अफ वल्र्ड रेकर्डको १२ सय ग्राम तौल भएको किताब हातको औंलामा एक मिनेटमा ३ सय ५३ फन्को घुमाए । यो रेकर्ड नेपालकै राजन घिमिरेको नाममा थियो । उनले एक मिनेटमा ३ सय १५ पटक किताब घुमाएर रेकर्ड राखेका थिए । २० वर्षको उमेरमै तीन वटा रेकर्ड बनाउनुभएका मानसिंहले आगामी दिनमा पनि थप रेकर्ड राख्ने रहर रहेको बताए । 


प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १७:१४
#विश्व रेकर्ड
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्