Kakhara सबैको खबर सम्पूर्ण खबर
रुखले घामै छेकेर सार्वजनिक.... (भिडियाे सहित)

डिजे प्रज्वल र रेशम लामाको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार अमितबाबु रोकायको आधिकारीक यूट्युव च्यानल मार्फत म्युजिक भिडियो सहितको रुखले घामै छेकेर बोलक गीत सार्वजनिक भएको हो । अमितबाबु रोकायले लय सृजना गरेको गीतको शब्द भद्र नकालले लेख्नुभएको हो । गीतमा अमितबाबु रोकाय, डिजे प्रज्वल,रेशम लामा र कल्पना दाहालको स्वर छ ।

विनोद बाजुराली एरेन्जर रहेको गीत मालाश्री स्टुडियोमा रेकर्ड भएको हो । गाउँले परिवेशमा भिडियो छायांकन गरिएको छ । एउटा प्रसंगमा भेट भएका युवा युवती दोहोरी गाउन बसेको उक्त भिडियोमा देखिन्छ । उक्त सन्दर्भमा भेट भएका युवा युवती एक अर्कालाई चुनौती दिँदै दोहोरीमा प्रतिस्प्रधा गरेका छन् । उक्त गीत १६ मिनेट बढी लामो छ ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update