वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका सबै वडामा मत गणना सकिसकेको छ । कति स्थानीय तहका प्रतिनिधिले पदभारग्रहण पनि सकिसकेका छन् । ३ नगर ३ गाउँपालिकाका ७३ वडा छन् । तीन नगरपालिका मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा १४/१४ वडा छन् ।
बाँफिकोट, त्रिवेणी गाउँपालिकामा १०/१० वडा छन् । सानीभेरी गाउँपालिकामा ११ वडा छन् । ७३ वडामध्य ५१ वडामा माओवादीले जितेको छ । नेपाली कांग्रेसले १९ वडा जित्दा नेकपा एमालेले २ वडा जितेको छ भने स्वतन्त्रले १ वडा जितेका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा माओवादीले बढी वडा जितेको छ । मुसीकोट नगरपालिकामा माओवादीले ८ र नेपाली कांग्रेसले ६ वडा जितेको छ ।
| क्र.स. | राजनीतिक दल | स्थानीय तह | जितेका वडा | जम्मा | कैफियत | 
| १ | नेकपा माओवादी केन्द्र | मुसीकाेट नगरपालिका | ८ | ५१ | |
| चाैरजहारी नगरपालिका | ११ | ||||
| आठबीसकाेट नगरपालिका | १० | ||||
| सानीभेरी गाउँपालिका | ९ | ||||
| बाँफिकाेट गाउँपालिका | ८ | ||||
| त्रिवेणी गाउँपालिका | ५ | ||||
| २ | नेपाली कांग्रेस | मुसीकाेट नगरपालिका | ६ | १९ | |
| चाैरजहारी नगरपालिका | ३ | ||||
| आठबीसकाेट नगरपालिका | २ | ||||
| बाँफिकाेट गाउँपालिका | २ | ||||
| सानीभेरी गाउँपालिका | २ | ||||
| त्रिवेणी गाउँपालिका | ४ | ||||
| ३ | नेकपा एमाले | आठबीसकाेट नगरपालिका | २ | २ | |
| ४ | स्वतन्त्र | त्रिवेणी गाउँपालिका | १ | १ | 
चौरजहारी नगरपालिकामा माओवादीले ११ वडा जित्दा कांग्रेसले ३ वडा जितेको छ । आठबीसकोट नगरपालिकामा माओवादी केन्द्रले १० वडा जित्दा एमाले र कांग्रेसले २/२ वडा जितेका छन् । सानीभेरी गाउँपालिकामा माओवादीले ९ र कांग्रेसले २ वडा जितेको छ । बाँफिकोट गाउँपालिकामा माओवादीले ८ र नेपाली कांग्रेसले २ वडा जितेको छ ।
त्रिवेणी गाउँपालिकामा माओवादीले ५, नेपाली कांग्रेसले ४ र स्वतन्त्रले १ वडा जितेका छन् । मुसीकोटको प्रमुख कांग्रेसले जित्दा उपप्रमुख एकीकृत समाजवादीले जितेको छ । चौरजहारीको प्रमुख उपप्रमुख, र आठबीसकोटको प्रमुख उपप्रमुख माओवादी केन्द्रले जितेको छ । सानीभेरी र त्रिवेणी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसले जित्दा उपाध्यक्षमा भने माओवादीले जितेको छ । 
 


 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                    


-1759842583.jpg)
 
                     
                     
                     
                     
                    