Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमका ७३ वडामध्य कसले कति वडा जिते ?
मुसीकोट नगरपालिका ६ को वडाध्यक्षमा निर्वाचित नेकपा माओवादी केन्द्रका भानु मल्ल ।

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । रुकुम पश्चिमका ६ वटै स्थानीय तहका सबै वडामा मत गणना सकिसकेको छ । कति स्थानीय तहका प्रतिनिधिले पदभारग्रहण पनि सकिसकेका छन् । ३ नगर ३ गाउँपालिकाका ७३ वडा छन् । तीन नगरपालिका मुसीकोट, चौरजहारी र आठबीसकोट नगरपालिकामा १४/१४ वडा छन् ।

बाँफिकोट, त्रिवेणी गाउँपालिकामा १०/१० वडा छन् । सानीभेरी गाउँपालिकामा ११ वडा छन् । ७३ वडामध्य ५१ वडामा माओवादीले जितेको छ । नेपाली कांग्रेसले १९ वडा जित्दा नेकपा एमालेले २ वडा जितेको छ भने स्वतन्त्रले १ वडा जितेका छन् । जिल्लाका ६ वटै स्थानीय तहमा माओवादीले बढी वडा जितेको छ । मुसीकोट नगरपालिकामा माओवादीले ८ र नेपाली कांग्रेसले ६ वडा जितेको छ ।

क्र.स. राजनीतिक दल स्थानीय तह जितेका वडा जम्मा कैफियत
१ नेकपा माओवादी केन्द्र  मुसीकाेट नगरपालिका ८ ५१  
चाैरजहारी नगरपालिका ११
आठबीसकाेट नगरपालिका १०
सानीभेरी गाउँपालिका ९
बाँफिकाेट गाउँपालिका ८
त्रिवेणी गाउँपालिका ५
२ नेपाली कांग्रेस मुसीकाेट नगरपालिका ६ १९
चाैरजहारी नगरपालिका ३
आठबीसकाेट नगरपालिका २
बाँफिकाेट गाउँपालिका २  
सानीभेरी गाउँपालिका २  
त्रिवेणी गाउँपालिका ४  
३ नेकपा एमाले आठबीसकाेट नगरपालिका २ २  
४ स्वतन्त्र त्रिवेणी गाउँपालिका १ १  

चौरजहारी नगरपालिकामा माओवादीले ११ वडा जित्दा कांग्रेसले ३ वडा जितेको छ । आठबीसकोट नगरपालिकामा माओवादी केन्द्रले १० वडा जित्दा एमाले र कांग्रेसले २/२ वडा जितेका छन् । सानीभेरी गाउँपालिकामा माओवादीले ९ र कांग्रेसले २ वडा जितेको छ । बाँफिकोट गाउँपालिकामा माओवादीले ८ र नेपाली कांग्रेसले २ वडा जितेको छ ।

त्रिवेणी गाउँपालिकामा माओवादीले ५, नेपाली कांग्रेसले ४ र स्वतन्त्रले १ वडा जितेका छन् । मुसीकोटको प्रमुख कांग्रेसले जित्दा उपप्रमुख एकीकृत समाजवादीले जितेको छ । चौरजहारीको प्रमुख उपप्रमुख, र आठबीसकोटको प्रमुख उपप्रमुख माओवादी केन्द्रले जितेको छ । सानीभेरी र त्रिवेणी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । बाँफिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसले जित्दा उपाध्यक्षमा भने माओवादीले जितेको छ । 
 

प्रकाशित मिति: शनिबार, जेठ ७, २०७९  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update