Top Navigation
आइतबार, असोज ७, २०८० ०३:४१:३२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:४१:३२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
वडा
  • Home
  • वडा
  • सिस्ने २ का पाँच वर्षे उपलब्धी सार्वजनिक (विवरण सहित)
सिस्ने २ का पाँच वर्षे उपलब्धी सार्वजनिक (विवरण सहित)
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, जेठ २२, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ ले ५ वर्षमा वडामा भएका विकास निर्माण र त्यसमा खर्चिएको बजेट सार्वजनि गरेको छ । निवर्तमान वडाध्यक्ष  जीवन केसीले नयाँ जनप्रतिनिधिको पदभार ग्रहणको अवसर पारी २०७४ देखि २०७९ सालको सुरुसम्ममा सम्मका विकास निर्माण, सचेतनामूलक कार्यक्रम तथा त्यसमा खर्च भएको बजेट विवरण सार्वजनिक गर्नुभएको हो । वडा कार्यालयमा वडाबासीको उपस्थितिमा वडाले गरेका कामकाजका बारेमा जानकारी गराइएको थियो भने उठेको प्रश्नहरुको उत्तर पनि दिइएको थियो । विभिन्न १४ वटा शीर्षकमा विकास र बजेट खर्च भएको छ ।

यसमा अरु नियमित सेवा प्रवाह तथा घुम्ती सेवा शिविरहरु सञ्चालन गरिएको निवर्तमान वडाध्यक्ष केसीले बताउनुभयो । उहाँका अनुसार सिस्ने गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, संघीय सरकार तथा विभिन्न विकासे नियोगको सहयोगमा ति विकास भएको र बजेट पनि त्यसरी परिचालन भएको छ । सार्वजनिक भएको प्रतिवेदन अनुसार यस वडामा यी ५ वर्षको अवधिमा झण्डै ५० करोड बजेट सुनिश्चित भएको छ । ४९ करोड २९ लाख ३५ हजार सुनिश्चित भएको छ । जसमध्य केही बजेट कार्यान्वयनकै क्रममा रहेको र अधिकांश बजेट खर्च भइसकेको केसीले जानकारी दिनुभयो । 

कृषि तथा पशु सेवातर्फः
वडामा कुषि र पशु सेवातर्फ ८५ लाख ६० हजार रुपैयाँ बजेट खर्च भएको छ । विभिन्न निकायबाट प्राप्त बजेटबाट ५ वर्षको अवधिमा यस वडामा कोभिड विशेष अनुदान वितरण, सुधारिएको खोर निर्माण, नर्सरी स्थापना, तरकारी खेतीमा सहयोग, भेडा पालन, फलफूलका बीउ तथा विरुवा वितरणको काम भएको छ । कृषि औजार सहयोग, वडामै कृषि तथा पशु सेवा केन्द्र स्थापना र सञ्चालन, कृषि तथा पशु परामर्श र पटक पटक कृषि तथा पशु उपचार शिविर सम्पन्न भएको छ । 

स्वास्थ्य सेवा तर्फः 
स्वास्थ्य सेवा तथा १० करोड २३ लाख बजेट खर्च भएको छ । स्वास्थ्य चौकी भवन निर्माण, पालिका अस्पतालको भवन निर्माण, सामुदायिक स्वास्थ्य इकाई स्थापना, घुम्ती स्वास्थ्य सेवा शिविर सञ्चालन भएका छन् । कोभिड रोकथाम तथा नियन्त्रणमा विशेष पहल गरिएको जनाइएको छ । ५ शैय्याको अस्पतालका आधारभुत काम सकेर निर्माणको चरणमा पुगेको छ । 

285702857_1042737966619118_4939229236021743800_n1654410017.jpg

सञ्चारतर्फः
यस अवधिमा यस वडाको सुद्रीमा नेपाल टेलिकमको टावर सञ्चालनमा आएको छ । फोःरजि सेवा सुचारु भएको छ । यसबाट यस आसपासबासीलाई सञ्चारको सहज पहुँच पुगेको छ । वडा कार्यालय, स्वास्थ्य चौकी र र विद्यालयमा इन्टरनेट सेवा जडान र सुचारु गरिएको छ । वडाले पर्यटक किताब प्रकाशन गरेर वितरण गरेको छ । 

284963015_3289138181310178_1651411820683809414_n1654410039.jpg

शिक्षातर्फः
वडामा ५ वर्षको अवधिमा शिक्षातर्फ पनि महत्वपूर्ण काम भएका छन् । शिक्षातर्फ ५ वर्षको अवधिमा २ करोड १४ लाख ७५ हजार बजेट खर्च भएको छ । नायगाडमा ८ कोठे छात्राबास बनेको छ । सोही ठाउँमा २ कोठे पक्कि विद्यालय भवन बनेको छ । नायगाडमै जस्तावाला २ कोठे भवन बनेको छ । किंदामा जस्तावाला ३ कोठे विद्यालय भवन बनेको छ । खरिबोट र दत्कुनामा दुई वटा ट्रष्ट भवन बनेका छन् । नायगाड, खरिबोट र लैपाको विद्यालयमा शौचालय निर्माण भएका छन् ।

285359684_1144759522767187_6890512796670039333_n1654410224.jpg

नायगडामा विज्ञान प्रयोगशाला, पुस्तकालय र विद्यालय सूचना प्रविधि विकासको काम गरिएको छ । खरिबोट र सुद्रीमा २ वटा विद्यालय मर्मतको काम गरिएको छ । ९ वटा कम्प्युटर विद्यालयमा प्रदान गरिएको छ । बाल शिक्षामा पोषण कार्यक्रम लागु गरिएको छ । बालमैत्री कक्षा व्यवस्थापन गरिएको छ । हिमालय मावि नायगाडमा १ देखि ५ कक्षासम्मलाई अंग्रेजी माध्यममा पठन पाठन गराउन थालिएको छ । लैपामा बाल शिक्षा स्थापना गरी सञ्चालन गरिएको छ । वडाका सबै विद्यालयमा रंगरोगन, खेलकुद सामग्री प्रदान लगायतका कार्यक्रम भएका छन् । 

उर्जा विकासतर्फः
उर्जामा पनि वडामा महत्वपूर्ण काम भएको छ । उर्जा विकासमा मात्रै वडामा २ करोड २ लाख बजेट खर्च भएको छ । छिपखोलामा ४० किलोवाट उत्पादन क्षमताको विद्युत उत्पादन भएको छ । तुवाङखोला लघु जलविद्युत आयोजना मर्मत गरी सुचारु गरिएको छ । छिपखोलाको लघु जलविद्युत योजना मर्मत गरिएको छ । 

285789058_982560775776476_321471925815877165_n1654410275.jpg

पर्यटनतर्फः
वडाको पर्यटन विकासमा महत्वपूर्ण काम भएका छन् । ५ वर्षको अवधिमा यहाँ ३ करोड ५० लाख खर्च भएको छ । नेटामा सहिद स्मृति पार्क निर्माणको चरणमा छ । यो निर्माणको काम अब अन्तिम चरणमा पुगेको छ । सुद्रिमा मुक्तिप्रहार स्मृति बाटिका निर्माण भएको छ । नायगाडमा पाहुना घर बनेको छ । धङ्गु दह संरक्षणको काम भएको छ । धार्मिक तथा पर्यटन पूर्वाधार विकास अन्तर्गत प्वाङ, दत्कुना र नायगाडमा मन्दिर निर्माण भएको छ । कला, संस्कृति तथा पञ्चेबाजा संरक्षण गरिएको छ । पर्यटन पदमार्ग नायगाड–लैपा–ख्याप–फूर्का–कालढार–राम्री बनेको छ । 

284346382_3239544463039748_5067775894156296939_n1654410332.jpg

सडकतर्फः
यो वडा पत्यक्ष सडकमा जोडिएको छैन । सानीभेरी नदीमाथी पुल नबनेका कारण पालिका र अरु सडकसँग यो वडा नजोडिएपनि यहाँ सडक निर्माणको काम भएको छ । सडकतर्फ १० करोड ५३ लाख बजेट सुनिश्चित भएर काम भइरहेको छ । यसमध्य ३ करोड ५५ लाखको काम भइरहेको छ । अरु काम भइसकेको छ । ११ किलोमिटर सडक निर्माण भएको छ । नायगाडबाट अरु गाउँ हुदै १ नम्बर वडाको सिस्नेतर्फ जाने सडकको काम भइरहेको । 

283798908_331709075706729_8603942120135806675_n1654410366.jpg

झोलुङ्गे पुलतर्फः
यस वडामा सबभन्दा धेरै बजेट खर्च भएको क्षेत्र हो झोलुङ्गे पुल हो । यहाँ झोलुङ्गे पुल निर्माणमा १५ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । ८ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । २ वटा ट्रष्ट पुल निर्माण भएका छन् । १ वटा आरसीसी पुल निर्माण भएकाे छ । सबभन्दा लामो झोलुङ्गे पुल कोपेधारा–सक्मेरी निर्माणको क्रममा छ । २ वटा पुल मर्मतको काम पनि यो ५ वर्षको अवधिमा गरिएको छ । 

284848684_378965387626380_6220220191355839106_n1654410393.jpg

सिचाईतर्फः
यो वडाले सिचाईतर्फ पनि उल्लेख्य काम गरेको छ । ५ वर्षमा १ करोड ६७ लाख सिचाईतर्फ खर्च भएको छ । छिपखोला सिचाई योजना निर्माण सम्पन्न भएको छ । इटिघारी प्लाष्टिक पोखरी निर्माण भएको छ । तिप्तरा सिचाई योजना निर्माण सम्पन्न भएको छ । गोलखारा सिचाई योजना निर्माण भएर सञ्चालनमा आएको छ ।

285313764_716031096397800_1548973171150425949_n1654410425.jpg

खानेपानीतर्फः 
खानेपानीमा वडाले उल्लेख्य काम गरेको छ । खानेपानी निर्माणमा ५ वर्षको अवधिमा १ करोड ७ लाख बजेट खर्च भएको छ । वडामा ४ वडा खानेपानी योजना निर्माण, मर्मत तथा संरक्षणका काम भएका छन् । प्वाङ–किंदा खानेपानी योजना निर्माण भएको छ । ठस्के,जौली,कुचिवाङ, कुरिपानी, बल्लेजुरी, नेटा, लैपा र छुरवाङको खानेपानी मर्मत गरिएको छ । रेजा, सिजारीखोला र मुसिको खानेपानी मुहान संरक्षणको काम सम्पन्न भएको छ । विद्यालय तथा सामुदायिक क्षेत्रमा खानेपानीको निर्माण तथा मर्मतको काम पनि ५ वर्षको अवधिमा गरिएको छ । 

285414831_1070454660553854_4639402689739453946_n1654410491.jpg

सामुदायिक पूर्वाधारतर्फः
यस वडाले सामुदायिक पूर्वाधारतर्फ पनि धेरै काम गरेको छ । सार्वजनिक प्रतिवेदन अनुसार ५८ लाख २५ हजार रुपैयाँ खर्च भएको छ । वडाभर ६ वटा सामुदायिक भवन निर्माण भएका छन् । ८ वटा सार्वजनिक शौचालय निर्माण भएका छन् । २ वटा प्रतिक्षालय निर्माण भएर सञ्चालनमा आएका छन् । २ वटा सुधारिएको आरण बनाइएको छ भने एक वटा विद्युतीय घट्ट निर्माण गराइएको छ । 

युवा तथा खेलकुदतर्फः
युवा तथा खेलकुदमा पनि ५ वर्षको अवधिमा धेरै काम भएका छन् । केही पूर्वाधारमा काम भएको छ भने केही रोजगार, स्वरोजगारमा काम भएको छ । यसमा ४१ लाख ७७ हजार बजेट खर्च भएको छ । छिपखोला र नायगाडमा खेलमैदान निर्माण र घेराबारको काम भएको छ । सुद्रीमा खेलमैदान निर्माण भएको छ । नायगाडमा नयाँ खेलमैदान बनेको छ । 

285188292_429003905407187_4606507952636368482_n1654410557.jpg

घोडेटो बाटो निर्माण, मर्मत तथा सिढि निर्माण तर्फः
घोडेटो बाटो निर्माण, मर्मत तथा सिढि निर्माण तर्फ ५० लाख बजेट खर्च भएको छ । ३ वटा घोडोटो बाटो निर्माण गरिएको छ । ३० किलोमिटर लम्बाइका बाटो बनेका छन् । ८ वटा घोडेटो बाटो मर्मत गरिएको छ । ८ सय मिटर लामो सिढि निर्माणको काम पनि सम्पन्न भएको छ । 

विविध कार्यक्रमतर्फः
अन्य विविध कार्यक्रमतर्फ  ५० लाख ९८ हजार बजेट खर्च भएको छ । महिला तथा दलित सिप विकास तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । हरेक वर्ष जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । अपांगता व्यक्तिको सम्मान तथा सहायता कार्यक्रम गरिएको छ । मोराबाङमा तटबन्ध निर्माण गरिएको छ । समुदाय तथा कार्यालयका लागि स्ट्रेचर वितरण गरिएको छ । विपद् व्यवस्थापनमा सहयोग गरिएको छ । वडा कार्यालय र स्वास्थ्य चौकीमा सौर्य उर्जाको व्यवस्थापन पनि गरिएको छ । १५ वटा सुरक्षित आवास बनेका छन् ।

285380024_2277470589081917_1893145188965374650_n1654410584.jpg

अति विपन्न ४० घरपरिवारलाई राहत प्रदान गरिएको छ । यसको साथै वडाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने गरेको, एकीकृत घुम्त सेवा शिविर सञ्चालन गर्ने गरेको पनि थियो । घुम्ती शिविर मार्फत अपांगता परिचय पत्र प्रदान गरिएको छ । सबैलाई खोपको पहुँचमा पुर्याएको पनि वडाले दावी गरेको छ । घरधुरी छनौट गरेर आयोडिनयुक्त नुन वितरण गरेको, कोरोना संक्रमितलाई वडाध्यक्षको सेवासुविधाबाट अण्डा सहयोग गरेको जस्ता विवरण पनि प्रतिवेदनमा उल्लेख छ ।  

285138722_419062196742190_8556803294077333729_n1654410609.jpg

५ वर्षे प्रगतिको पूर्ण विवरणः


प्रकाशित मिति: आइतबार, जेठ २२, २०७९  ११:४०
कृषि कृषि
#सिस्ने २ #प्रगति #५ वर्षे कार्यकाल
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्