Top Navigation
शनिबार, माघ २१, २०७९ ११:५१:३५
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:५१:३५
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रुकुम पश्चिममा चुनावी प्रचार सुरु 
रुकुम पश्चिममा चुनावी प्रचार सुरु 
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, असोज २७, २०७९
माया बेकरी माया बेकरी
प्रदेश सभा ख को त्रिवेणीमा माओवादीले गरेको चुनावी भेटघाटमा उपस्थित भएकाहरु ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि दलहरु चुनावी प्रचारमा निस्किएका छन् । रुकुम पश्चिममा सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा र केही स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा रहेका छन् । गठबन्धनले आगामी निर्वाचन लक्षित घरदैलो सुरु गरेको छ । 

पार्टीका उम्मेदवारहरुलाई एक चरण घरदैलोमा निस्किन भनेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक गोपाल शर्मा अनलले रेडियो सानीभेरीलाई जानकारी दिनुभयो । निर्वाचनलाई लक्षित गरेर प्रदेश सभाका उम्मेदवार घरदैलोमा निस्किएको उहाँले बताउनुभयो । 

प्रतिनिधि सभा र प्रदेश सभा दुईवटै तहको निर्वाचनलाई लक्षित गरेर घरदैलो सुरु भएको शर्माले बताउनुभयो । अर्थमन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा भने केही दिनमा जिल्ला आउने बताइएको छ । उहाँ हाल अमेरिकामा रहनुभएको छ । 

प्रदेश सभा क तर्फ गठबन्धनका तर्फबाट उम्मेदवार महेन्द्र केसी र प्रदेश सभा ख का उम्मेदवार राजकुमार शर्मा भने घरदैलोमा निस्किसक्नुभएको छ । प्रदेश क का उम्मेदवार केसी भने पार्टीले उम्मेदवार सिफारिस गरेदेखि नै घरदैलोमा हुनुहुन्छ । 

पार्टीका तर्फबाट घरदैलो सुरु गरेपनि गठबन्धनका तर्फबाट कसरी चुनावी अभियान संचालन गर्ने भनेर छलफलको क्रममै रहेको निर्वाचन परिचालन समिति संयोजक शर्माले बताउनुभयो । कांग्रेस उम्मेदवारले बुधबार उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई समर्थन गरेको र अव कसरी अगाडी बढ्ने भनेर छलफल गरेर अगाडी बढ्ने उहाँको भनाई छ ।  

मुसिकाेट नगरपालिका

नेकपा एमालेले पनि चुनावी प्रचार सुरु गर्दै छ । यसबारेमा आज निर्वाचन परिचालन समितिको बैठक बसेको छ । उक्त बैठकले एमालेको नीति, विचार र सिद्धान्तलाई लिएर जनताको विचमा जाने निर्णय गरेको नेकपा एमालेका जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार नन्दराम देवकोटाले जानकारी दिनुभयो । ‘५ दलिय गठबन्धन ढुक्क संग प्रचारमा जुटेको छ, हामी पनि ढुक्क भएर जनताको विचमा जान्छौं, उहाँले भन्नुभयो ।’

एमालेले प्रतिनिधिसभामा देवकोटा र प्रदेश क मा नारायणकुमार शाह तथा ख मा कर्णबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ । राप्रपाले पनि चुनावी प्रचारलाई तिव्रता दिने बताएको छ । त्यस्तै प्रतिनिधि सभामा जिल्लाबाट तारक केसी र राजन पाण्डे गरी २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

आफु पनि अव चुनावी प्रचारमा केन्द्रीत भएको स्वतन्त्र उम्मेदवार तारक केसीले बताउनुभयो । जिल्लामा एक प्रतिनिधि र २ प्रदेश सभा सदस्यका लागि मंसिर ४ गते चुनाव हुँदै छ । जिल्लामा १२ जना चुनावी मैदानमा रहेका छन् ।
 


प्रकाशित मिति: बिहीबार, असोज २७, २०७९  १७:३१
चाैरजहारी चाैरजहारी
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्