Top Navigation
बुधबार, मंसिर १३, २०८० ०६:४७:३९
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
बुधबार, मंसिर १३, २०८० ०६:४७:४०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #विचार
  • #डिग्रे
  • #लालबहादुर केसी
  • #शव फेला
  • #दुर्घटना
  • #खेलकुद
  • #बेल्टापु मेला
Search Here
वडा
  • Home
  • वडा
  • ‘जनयुद्ध’ लडेका वडाध्यक्षको अनुभवः ‘धेरै परिवर्तन हुँदा पनि व्यवस्थाप्रति प्रश्न उठ्यो’
‘जनयुद्ध’ लडेका वडाध्यक्षको अनुभवः ‘धेरै परिवर्तन हुँदा पनि व्यवस्थाप्रति प्रश्न उठ्यो’
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, कात्तिक १, २०७७

बुद्धिप्रसाद बुढाको जीवनमा अनौठो संयोग छ । मुसीकोट नगरपालिका–८, का अध्यक्ष रहेका बुढाले ४० वर्षको उमेरमा तीन महत्वपूर्ण क्षेत्रमा काम गर्नुभयो । छुट्टाछुट्टै यी तीन क्षेत्रमध्य दुई क्षेत्र पूरा काम गर्नुभयो भने एउटा क्षेत्रमा उहाँ क्रियाशिल हुनुहुन्छ । नेपालमा सञ्चालित दश वर्षे जनयुद्धको क्रममा बम, बारुद पड्काउने तथा हातहतियारको ट्रिगर चलाएका बुढाका हात त्यसपछि गाडिको स्टेरिङमा घुमे । १५ वर्षकै कलिलो उमेरमा २०५४ सालदेखि पूर्णकालिन बनेर देश र दुनिया बदल्न हिडेका बुढाको दिमाग र शरीर परिवर्तनका खातिर चल्यो । केही समय विद्यार्थी संगठनमा काम गर्नुभएका बुढा २०५५ सालमै तत्कालिन २ नम्बर प्लाटुन सदस्य भएर लडाइमा होमिनुभयो ।

प्लाटुनको सेक्सन भिसि अर्थात भाइस कमाण्डर, सेक्सन कमाण्डर, प्लाटुन भिसि हुँदै उहाँ बटालियन कमान्डरसम्म पुग्नु भएको थियो । २०६१ सालमा उहाँ बटालियन कमाण्डर हुनुभयो । यस अवधिमा बुढाले ३० बढी युद्ध लड्नुभयो । शान्ति स्थापना भएपछि सेना समायोजनको क्रममा समायोजन नरोजेर घर फर्किनु भएका बुढाको झण्डै ४ वर्ष अर्को क्षेत्रमा वित्यो । दिमाग र शरीर अर्को काममा तल्लिन रहे । गाडिको स्टेरिङ घुमाउनै व्यस्त रहनुभयो । हरेक घुम्तीमा दिमाग र हातले स्टेरिङ घुमाइरहेका बुढा तीन वर्ष यता भने सरकार चलाइरहनुभएको छ । २०७४ सालको वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि बुढाले वडा सरकार हाँकिरहनु भएको छ ।

चुनावी एजेण्डा थिए– सडक, विद्युत र सञ्चार । जनताका आधारभुत आवश्यक्ता बनिसकेका यी तीन विकास वडाका सबैतिर पुर्याउने बाचा बुढाले गर्नुभएको थियो । सोही अनुसार गाउँमा विद्युतिकरण अन्तिम चरणमा पुगेको छ भने सडक सबैतिर फैलिसकेको छ । लसुनबारी बाहेकका गाउँ सडक सञ्जालमा जोडिसकेका छन् । सञ्चारको काम भइरहेको छ ।

अपहरण शैलिमा दिइएको थियो टिकट
उहाँ गाडि लिएर भूमे गाउँपालिकाको लुकुम जानु भएको थियो । त्यहाँबाट फर्कने क्रममा बाटोमै उहाँलाई वडाध्यक्षको टिकट दिइएको थियो । त्यस अघि पनि पटक पटक वडाध्यक्षको टिकट लिन आग्रह गर्दा उहाँले त्यसलाई स्वीकार्नु भएको थिएन । अन्तिममा सम्बन्धित वडाकै जनता कहाँ पुर्याइएपछि मात्रै उहाँ निर्वाचन लड्ने हुनुभएको थियो । तत्कालिन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेपछि उहाँ भौतिक विकास, उत्पादन, सचेतना निर्माणमा लाग्नुभएको छ । अरु क्षेत्र भन्दा यो क्षेत्र उहाँलाई विशिष्ट लागेको छ । सम्वेदनशिल र महत्वपूर्ण लागेको छ ।

निर्वाचनताका उहाँले मुख्य गरी तीन वटा विषय अघि सार्नु भएको थियो । चुनावी एजेण्डा थिए– सडक, विद्युत र सञ्चार । जनताका आधारभुत आवश्यक्ता बनिसकेका यी तीन विकास वडाका सबैतिर पुर्याउने बाचा बुढाले गर्नुभएको थियो । सोही अनुसार गाउँमा विद्युतिकरण अन्तिम चरणमा पुगेको छ भने सडक सबैतिर फैलिसकेको छ । लसुनबारी बाहेकका गाउँ सडक सञ्जालमा जोडिसकेका छन् । सञ्चारको काम भइरहेको छ । वडाका सबैतिर सजिलै मोवाइल फोनले काम गर्ने गरी काम अघि बढेको छ । रुकुम पूर्व सिस्ने गाउँपालिका ६, मा नेपाल टेलिकमको टावर निर्माण कार्य अघि बढेको छ । यसले वडाका सबै वस्ति फोनको पहुँचमा पुग्ने बुढाले बताउनुभयो । आफ्नै वडाको भूगोलमा टावर राख्न उपयुक्त नभएपछि अर्कोपट्टि टावर बनाएर भएपनि सञ्चार सुविधा पुर्याउन लागिएको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

बुढा निर्वाचित भएपछिका तीन वर्षमा लसुनबारी बाहेकका गाउँमा सडक पुग्यो । लसुनबारीमा यो वर्ष पुग्दैछ । आधारभुत विद्यालय लसुनबारीका २ कोठे विद्यालय भवन बन्यो । घोरखानीमा महिला सामुदायिक र गाउँघर क्लिनिकको भवन बन्यो । उदिन ढुङ्गामा गाउँघर स्वास्थ्य चौकीको भवन बनेको छ । क्वाम्मा खोलामा आलु भण्डार र अल्लो प्रशोधन गरी २ भवन तयार भएका छन् । नहर र पाइप सिचाई योजना सम्पन्न भए । त्रिसिङ र घट्टेखोलाका ७० घरपरिवार सिचाइको पहुँचमा पुगेका छन् । नरह र पाइप मार्फत सिचाइ योजना बनेका छन् । त्रिसिङ–घट्टेखोलामा नहर बनेको छ भने उदिन ढुङ्गामा पाइप मार्फत सिचाइ योजना सम्पन्न भएको छ । ८ वटा खानेपानीका नयाँ योजना बनेका छन् । ठोक्लावाङ, तावले, काप्रिवास, किटेनी, गर्पा, घोरखानी, सल्लेधारा र किक्रिवाङमा खानेपानी योजना निर्माण भएका छन् । यी ८ योजनाबाट डेढ सय घरधुरीमा खानेपानीको पहुँच पुगेको छ । ६ वटा पूराना खानेपानीका योजना मर्मत भएका छन् । वडामा एउटा दश कक्षा सम्मको विद्यालय सञ्चालनको योजना बनाइएको छ ।

वडाका अधिकांश वस्ति पछि परेका छन् । सबैतिर सजिलै र सहज पहुँच राख्न सक्ने सर्वसाधारणको संख्या कम छ । विशेष गरी सर्वसाधारणको जीवन स्तर फेर्ने विषय मुल चुनौतीको विषय भएको बुझाई वडाध्यक्ष बुढाको छ । धेरै परिवर्तन हुँदा पनि केही व्यक्तिको मात्रै जीवन स्तरमा फेरबदल हुनुले व्यवस्थाप्रति नै प्रश्न उठेको अध्यक्ष बुढाले बताउनुभयो । समग्र तीन तहकै सरकार जनताको जीवन स्तर उकास्नका लागि लाग्न सके त्यसबाट मात्रै केही परिवर्तन हुन सक्ने बुझाई वडाध्यक्ष बुढाको छ ।

कृषि उत्पादनलाई वडाले प्राथमिकता दिएको छ । आलु, कागती र किविमा जोड गरेको छ । वडाले आफै विरुवा, बीउ वितरण गरेको तथा किसानलाई आफै यसमा लगानी गर्न आह्वान गरिएको छ । कागती पकेट क्षेत्रका लागि १४ हजार विरुवा वितरण गरिएको छ । ८ क्वुइन्टल आलुको बीउ किसानले निःशुल्क पाएका छन् । कागती हुर्कने क्रममा छन् भने आलुबाट किसानले आम्दानी सुरु गरिसकेका छन् । यो वर्ष मात्रै एक जना किसानले ५० हजारदेखि २ लाख ५० हजारसम्मको आम्दानी आलुबाटै गरेका छन् । वडाका १ सय १७ घरधुरीमध्य झण्डै ९० घरधुरीले व्यवसायिक आलु उत्पादन गरिरहेका छन् । यस बीचमा त्रिसिङको आधारभुत विद्यालयको कक्षा थप भएको छ । त्यस अघि ५ कक्षा सम्म सञ्चालन भएको उक्त विद्यालयमा हाल ७ कक्षा सम्म पठन पाठन भइरहेको छ । घरघरै सामाजिक सुरक्षा भत्ता लिएर वडाध्यक्ष बुढा आफै पुग्नुहुन्छ ।

भौतिक विकासको साथै सचेतनामूलक कार्यक्रम पनि भइरहेका छन् । भौतिक विकासको साथै सामाजिक सचेतना बृद्धि गर्नुपर्ने चुनौती छ । वडाका अधिकांश वस्ति पछि परेका छन् । सबैतिर सजिलै र सहज पहुँच राख्ने सक्ने सर्वसाधारणको संख्या कम छ । विशेष गरी सर्वसाधारणको जीवन स्तर फेर्ने विषय मुल चुनौतीको विषय भएको बुझाई वडाध्यक्ष बुढाको छ । धेरै परिवर्तन हुँदा पनि केही व्यक्तिको मात्रै जीवन स्तरमा फेरबदल हुनुले व्यवस्थाप्रति नै प्रश्न उठेको अध्यक्ष बुढाले बताउनुभयो । समग्र तीन तहकै सरकार जनताको जीवन स्तर उकास्नका लागि लाग्न सके त्यसबाट मात्रै केही परिवर्तन हुन सक्ने बुझाई वडाध्यक्ष बुढाको छ । एउटा निकायले एउटा र अर्को निकायले अर्को तरिकाले कामकाज गर्ने तौरतरिकाले नै सोचे जस्तो भौतिक र मानविय विकास हुन नसकेको ठहर वडाध्यक्ष बुढाको छ । अबका दुई वर्ष पनि उहाँले केही भौतिक र बढी सचेतना निर्माणमा ध्यान दिने योजना बनाउनु भएको छ । वडाबासीलाई आत्मनिर्भर बनाउने र त्यसका लागि उत्पादनमूलक कार्यक्रम बनाउने तथा कार्यान्वयनमा जोड दिने उहाँले बताउनुभयो ।

 


प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १२:२३
#वडा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
डिग्रे मन्दिरको इतिहास र वर्तमान
डिग्रे मन्दिरको इतिहास र वर्तमान
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
सानीभेरी नदी किनारमा एक पुरुषकाे शव फेला 
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बसको ठक्करबाट आठबीसकोटमा एक व्यक्तिको मृत्यु, २ जना घाइते, बसमाथि ताेडफाेड
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
बेल्टापु मेलाकाे अवसरमा आयाेजित विविध खेलकुद सम्पन्न
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा  हेर्नुहाेस मेला
सकियो डिग्रे मेला, फाेटाे र भिडिओमा हेर्नुहाेस मेला
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
डिग्रे मेलामा एक आपसमा लट्ठी जुधाएर किन नाचिन्छ (भिडिओ सहित)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
तीन हजार स्वयंसेवककाे नेतृत्व गर्दै जनार्दन अस्थायी आवास निर्माणमा (फाेटाे फिचर)
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
मातृ तथा शिशु स्वास्थ्यका लागि ७२ लाख खर्च 
रुकुम पश्चिमका एक हजार १४ भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा 
रुकुम पश्चिमका एक हजार १४ भूकम्प प्रभावितलाई अस्थायी आवास बनाउन पहिलो किस्ता निकासा 
Badminton Badminton
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्