
नेपाली कांग्रेस रुकुम पश्चिमले गठबन्धनका साझा उम्मेदवारलाई भोट हाल्न निर्देशन जारी गरेको छ । जिल्ला सभापति प्रेमप्रकाश ओलीले आफ्ना सबै नेता, कार्यकर्ता तथा मतदातालाई गठबन्धनका साझा उम्मेदवारलाई भोट हाल्न निर्देशन जारी गर्नुभएको हो ।
सत्ता गठबन्धन दलहरु विचमा चुनावी तालमेल गरेर जाने सहमति अनुसार सिटबाँडफाँडका क्रममा रुकुम पश्चिममा कांग्रेसलाई कुनै क्षेत्र भाग नपरेको भएपनि पार्टीको निर्देशन अनुसार गठबन्धन दल भित्रको नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई मतदान गर्न कांग्रेस रुकुम पश्चिमले भनेको हो ।
जिल्लाका सबै ७३ वटै वडालाई पार्टीले यसबारेमा परिपत्र गरेको छ । साथै पार्टीले स्वतन्त्र उम्मेदवार तारक केसीलाई भोट हालेमा कारबाही गर्ने चेतावनी दिएको छ । केसी, उहाँ प्रस्तावक र समर्थकलाई समेत पार्टीले कारवाही गरिसकेकोले स्वतन्त्र उम्मेदवारलाई मत दिएको पाइएमा कारबाही गर्ने कांग्रेस रुकुम पश्चिमले चेतावनी दिएको हो ।
जे जस्तो अवस्था भए पनि पार्टी केन्द्रको निर्णय अनुसार गठवन्धनकै पक्षमा मतदान गर्नको लागी पार्टीका साथिहरु वसी बैठकको निर्णय गरि सोही अनुसार प्रचार प्रसार गर्ने र गठबन्धनदल भित्रको नेकपा माओवादी केन्द्रका बड़ा इन्चार्ज वा अध्यक्ष संग समन्वय गरि काम गर्नुहोला, जिल्लाले वडालाई जारी गरेको परिपत्रमा उल्लेख छ ।