Top Navigation
आइतबार, चैत १९, २०७९ ०१:१९:२७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, चैत १९, २०७९ ०१:१९:२७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #मुसिकाेट
  • #आराेप
  • #स्वेच्छाचारी
Search Here
मनाेरन्जन
  • Home
  • मनाेरन्जन
  • जनार्दनको मयूर नाच (फोटो, भिडिओ) 
जनार्दनको मयूर नाच (फोटो, भिडिओ)  सबै नाच तथा बजाउन पाेख्त जनार्दनलाई मगंलबार दिनभर डिग्रे मेलामा पछ्याउँदा ।
कखरा संवाददाता
कखरा संवाददाता बुधबार, कात्तिक २३, २०७९

जनार्दन शर्मा भन्ने वित्तिकै तपाई के बुझ्नु हुन्छ ? माओवादी नेता तथा हालका अर्थमन्त्री । तर उहाँको परिचय यतिमा मात्र सिमित छैन् । धेरैले राम्रो नाच्ने नचारुका रुपमा समेत उहाँलाई चिन्छन् । फुर्तिलो कद भएका जनार्दन जुनसुकै नाच होस वा बजाउने समुह भेटियोस सहभागि भइहाल्नुहुन्छ । कुनै ठाउँमा दमाहा बोकेर तालमा ताल मिलाएर दमाहा बजाउने प्रभाकर कुनै ठाउँमा मयुर तथा कुनै ठाउँमा सिंगारु, पैसेरु नाच्न थालिहाल्नुहुन्छ । उहाँ सबै स्थानीय नाचमा पोख्त हुनुहुन्छ । 

उहाँ सहभागि हुने कार्यक्रममा उहाँलाई ननचाई न आयोजक मान्छ नत नाच समुहले मान्छन् । आग्रह आउने वित्तिकै नेता शर्मा सहर्ज नाचमा सहभागी हुनुहुन्छ । शर्माको मयूर नाच्ने कलाले सबैको मन तान्ने गरेको छ । मयूरका सबै तालमा उत्तिकै पोख्त शर्मा अभ्यस्त नचारु भन्दा कत्ति कम लाग्दैन् । मयूरको अगुवालाई कुन तालमा नाच्ने भनेर सोध्ने शर्मा अगुवाले भनेकै तालमा कत्तिपनि तलमाथि नगरी नाच्नुले कार्यक्रमका सहभागिहरुको ध्यान तान्ने गरेको छ । 

IMG_03421667972414.jpg

यो उमेरमा पनि उहाँको फुर्तिमा कत्ति कमि भएको पाइदैन् । एकै दिनमा धेरै समुहमा सहभागी भएर घण्टौं नाच्न पनि उहाँ सक्नुहुन्छ । अहिले रुकुम पश्चिममा गठबन्धनका चुनावी सभाहरु भइरहेका छन् । जुन ठाउँमा पुग्दा पनि उहाँलाई स्वागत गर्नेको चर्को भिड लाग्छ । जुन ठाउँ पुग्नुहुन्छ उही ठाउँमा नाच्नुहुन्छ, रमाउनुहुन्छ । उहाँसंगै नेपाली कांग्रेसका पुराना नेता तथा पूर्व राज्यमन्त्री गोपालजि जंग शाह पनि सकि नसकि नेता शर्मासंगै नाच्ने प्रयास गर्नुहुन्छ ।

IMG_03361667972412.jpg

गठबन्धनको कार्यक्रम भएकोले नेता शर्मा र शाह जतापनि संगै संगै हुनुहुन्छ । यो टोली मंगलबार रुकुम पश्चिमको प्रसिद्ध डिग्रे मेला पुग्यो । त्यहाँ पनि नेता शर्मा मेलामा सहभागि सबै नाच समुहमा सहभागी हुँदै नाच्नुभयो । मयूर, सिंगारु, पैसेरु नाचमा अर्थमन्त्री शर्मा मंगलबार दिनभर डिग्रे मेलामा रमाउनुभयो । उहाँलाई कांग्रेस नेता शाहले साथ दिनुभयो । जताजता जनार्दन उतैउतै नाच भन्दा फरक फदैन ।

IMG_03401667972412.jpg

मंगलबार दिनभर डिग्रे मेलामा उहाँलाई हामीले पछ्याउदा कैद गरिएका मयूर नाचका फोटोहरु यहाँ प्रस्तुत गरेका छौं । 

IMG_03241667972409.jpg

IMG_03011667972406.jpg

IMG_03121667972406.jpg

IMG_02871667972403.jpg

IMG_02951667972402.jpg

IMG_02231667972398.jpg


प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ११:२४
#जनार्दनकाे मयूर नाच
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
मुसिकाेटमा अनुमति बिना चलिरहेको अटो दुर्घटना, ६ जना घाइते 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
खलंगाबाट तरकारी लिएर सिम्ली जाँदै गरेको बोलेरो खरखरेमा दुर्घटना 
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
अटो दुर्घटनाका ३ जना घाइतेलाई हेलिकोप्टर मार्फत कोहलपुर लगियो
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
मुसिकोटका मेयर स्वेच्छारी बनेकाे आराेप, यही अवस्थामा बैठक, भेलामा सहभागी नहुने बहुमत सदस्यको अडान  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
कारागारबाटै एसइई  
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
भलखाेलामा आयाेजित भलिबल सहितका प्रतियाेगिता सम्पन्न
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
जिल्ला अस्पतालमा फिजियोथेरापी सेवा सुरु
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
कुनाखेतकाे धनु जैसी ब्रमा मन्दिर व्यवस्थित गरिँदै
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
सिस्ने गाउँपालिका ५ र ६ का माथिल्लो भेगका बस्ति सडक सञ्जालमा जोडिए
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्