Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटलाई नमूना बनाउन गठबन्धनलाई विजयी गराउन गठबन्धन दलको संयुक्त अपिल 

बाम–लोकतान्त्रिक गठबन्धनमा सामेल रुकुम पश्चिमको मुसिकोट नगरपालिकाका दलहरुले गठबन्धनलाई विजयी गराउन संयुक्त अपिल गरेका छन् । आज संयुक्त अपिल जारी गर्दै दलहरुले मुसिकोटलाई नमूना पालिका बनाउन गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् । 

मुसिकोट नगरको समग्र विकास र समृद्धिको लागि दलहरु विच एकीकृत विकास योजनाको निर्माण र कार्यान्वयनको पृष्ठभूमिमा सहकार्य र एकता प्रतिविम्वित गर्दै दलहरुविचको आवश्यकता र सहकार्यलाई अझ बलियो बनाउन आवश्यक रहेको अपिलमा उल्लेख गरिएको छ । गठबन्धनले मुसिकोटको विकासलाई नयाँ उचाईमा उठाउने विश्वास गठबन्धन दलहरुले गरेका छन् । 

रुकुम पश्चिम संगसंगै मुसिकोटको समग्र विकास र समृद्धिको लागि वाम लोकतान्त्रिक गठबन्धनका प्रत्यक्ष तर्फका साझा उम्मेदवारको रुपमा प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’, प्रदेश सभा ‘क’ मा महेन्द्र केसी ‘पारसमणि’ र प्रदेश सभा ‘ख’ मा राजकुमार शर्मा ‘आर्ट’लाई हसियाँ हथौठामा मतदान गरी विजयी गराउन दलहरुले संयुक्त अपिल गरेका छन् । 

त्यस्तै गठबन्धन दलहरुले समानुपातिक तर्फ भने आ–आफ्नो पार्टीको चुनाव चिन्हमा मतदान गरि बाम–लोकतान्त्रिक गठवन्धनसँग सम्बन्धित दलहरुलाई विजय बनाउन अनुरोध गरेका छन् । नेपाली कांग्रेसका नगर सभापति प्रेमबहादुर ओली, नेकपा माओवादी केन्द्रका नगर सचिव शुशिल गौतम, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष दिपकराज खड्का, नेपाल समाजवादी पार्टीका नगर संयोजक हेमराज बोहरा र राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठले संयुक्त अपिल जारी गर्नुभएको हो ।

314426674_897522498299434_455670332782706787_n1668065241.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update