प्रतिनिधि, प्रदेश सभा निर्वाचन
अर्थमन्त्री शर्माद्धारा मतदान
अर्थमन्त्री तथा बाम-लाेकतान्त्रिक गठबन्धनका रुकुम पश्चिम प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्माले मतदान गर्नुभएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँमा रहेको यमुना नन्द नमूना मावि मतदान स्थलको क मतदान केन्द्रमा उहाँले मतदान गर्नुभएको हो ।
अहिले बिहान ७ बजे नै मतदान केन्द्रमा पुगेर उहाँले मतदान गर्नुभयो । पहिलो मतदाताका रुपमा उहाँले मतदान गर्नुभएको हो । उहाँ संगै उहाँका परिवारका सदस्यले समेत मतदान गरेका छन् । मुसिकोट नगरपालिका ५ सेरिगाउ घर रहेका शर्माले यमुना नन्द नमूना मावि मतदान स्थलबाट मतदान गर्दै आउनुभएको छ ।
यसैविच गठबन्धनका प्रदेश सभा क का उम्मेदवार महेन्द्र केसीले बाँफिकाेट गाउँपालिका वडा नम्बर ३ काे स्यार्पू ताल मावि मतदान स्थलकाे ख मतदान केन्द्रबाट मतदान गर्नुभएकाे छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९ ०७:३९
प्रतिक्रिया दिनुहोस्





-1759842583.jpg)