रुकुम पश्चिममा बिहान ११ बजेसम्म झण्डै १५ प्रतिशत मत खसेको छ । जिल्लाका १ सय ३९ वटा मतदान केन्द्रमा ११ बजेसम्म १५ हजार २ सय ५० मत खसेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । यो कुल मतदाताको १४.६२ प्रतिशत हो । जिल्लामा मतदाता संख्या १ लाख ४ हजार २ सय ८० रहेको छ । बिहान कमै मत खसेको थियो भने विस्तारै मत खस्ने क्रम बढ्दै गएको उहाँले बताउनुभयो ।
जिल्लामा अहिलेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाई छ । बाँफिकोट गाउँपालिका वडा नम्बर ३ को स्यार्पू ताल मावि मतदान स्थलमा केही समय मतदान रोकिए पनि अहिले भने मतदान सुरु भइसकेको उहाँको भनाई छ । प्रदेश र प्रतिनिधि सभाको मतपत्र फेरिएपछि केही समय मतदान रोकिएको थियो । तर त्यसको मुचुल्का बनाएर पुनः मतदान सुरु भएको घिमिरेको भनाई छ ।





-1759842583.jpg)