Kakhara सबैको खबर सम्पूर्ण खबर
प्रतिनिधि सभा र प्रदेश सभाको मतपत्र साटिएपछि..

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ को स्यार्पू ताल मावि मतदान स्थलको क मतदान केन्द्रमा केही समय मतदान रोकिएर पुनः सुरु भएको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष तर्फको मतपत्र साटिएपछि केही समय मतदान स्थगित भएको थियो । करिब १०, १२ वटा मतपत्र साटिएकाे अनुमान छ । 

संघको प्रत्यक्ष तर्फको मतपत्र प्रदेश सभा र प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको बाकसमा परेको थाहा भएपछि केही समय मतदान स्थगित भएको र त्यसको मुचुल्का तयार पारेर सहमतिमा पुनः मतदान सुरु भइसकेको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिनुभयो । 

अहिले भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको उहाँले बताउनुभयो । यो वाहेक जिल्लामा अहिलेसम्म शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update