रुकुम पूर्व प्रदेश ख मा गठबन्धनलाई १ हजार ४ सयको अग्रता

रुकुम प्रर्व प्रदेश सभा ख मा बाम लोकतान्त्रिक गठबन्धनले अग्रता बनाइरहेको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार धनबहादुर केसीले सुरुवाती अग्रतालाई कायम राख्नुभएको छ । अहिले उहाँले १ हजार ४ सय ३२ मतको अग्रता बनाउनुभएको छ ।
केसीले ३ हजार ४ सय १८ मत ल्याउदा उहाँका निकटतम प्रतिद्धन्दि स्वतन्त्र उम्मेदवार नरहरी खड्काले १ हजार ९ सय ८६ मत पाउनुभएको छ । नेकपा एमालेका भावना बिसीले १ हजार ३ सय ४३, स्वतन्त्र उम्मेदवार केशव रावल ७ सय ७० र राप्रपाका मदन शाहले ९८ मत पाउनुभएको छ । अव सिस्ने गाउँपालिका वडा नम्बर ५ र ६ को मत गणना हुन बाँकी रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ ११:२०
प्रतिक्रिया दिनुहोस्