
रुकुम पश्चिम प्रदेश सभा १ बाट झण्डै ११ हजार मतान्तर सहित नेकपा माओवादी केन्द्रका महेन्द्र केसी पारसमणि विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका नारायणकुमार शाहलाई १० हजार ९ सय ५२ मतान्तरले पराजित गर्नुभयो । केसीले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मत पाउनुभयो । यो क्षेत्रमा राप्रपाका तर्फबाट उम्मेदवार बनेका विनोदकुमार शाहले १ हजार ११ मत पाउनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०८:१३
प्रतिक्रिया दिनुहोस्