Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम प्रदेश ‘ख’ मा १२ हजार मतान्तर सहित माओवादीका शर्मा निर्वाचित

रुकुम पश्चिम प्रदेश सभा ‘ख’ मा पनि माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । १२ हजार मतान्तरले माओवादी केन्द्रका राजकुमार शर्माले नेकपा एमालेका कर्णबहादुर घर्तीलाई पराजित गर्नुभएको छ । शर्माले २० हजार १ सय ६० मत पाउनुभयो । एमालेका घर्तीले ८ हजार ७८ मत पाउनुभएको छ । राप्रपाका निर्जल केसीले १ हजार १ सय ७ मत पाउनुभयो ।

मंगलबार बिहानबाट सुरु भएको मतगणना जिल्लामा शुक्रबार बिहान सकिएको हो । प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत गणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update