Top Navigation
शनिबार, माघ २१, २०७९ ११:४०:४१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:४०:४१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बुधबार त्रिवेणी र आज सानीभेरीमा समिक्षा ।
कखरा संवाददाता
कखरा संवाददाता बिहीबार, मंसिर २२, २०७९
माया बेकरी माया बेकरी

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले चुनावी समिक्षा सुरु गरेको छ । माओवादी केन्द्रले मंसिर ४ मा भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचन कस्तो भयो, अपेक्षित उपलब्धी हाँसिल भयो वा भएन, सुधार गर्नुपर्ने पाटो लगायतका विषयमा पालिका स्तरमा समिक्षा गरिरहेको छ । बुधबार त्रिवेणी गाउँपालिकाबाट माओवादीले समिक्षा सुरु गरेको हो । 

बुधबार त्रिवेणी गाउँपालिकामा चुनावी समिक्षा गरेको माओवादी केन्द्रले आज जिल्लाको सानीभेरी गाउँपालिकामा चुनावी समिक्षा गरेको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको समग्र समिक्षा भइरहेको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोकाले जानकारी दिनुभयो । 

अपेक्षित चुनावी नतिजा र प्राप्त चुनावी नतिजा, प्राप्त मत, स्थानीय स्तरसम्म गठबन्धन कति सफल भयो ?, चुनावका क्रममा देखिएका सकारात्मक र नकारात्मक पक्ष, सुधार गर्नुपर्ने पक्ष लगायतका विभिन्न विषयमा स्थानीय पार्टी कमिटीले रिपोर्टिङ गरिरहेको र त्यसमा छलफल चलिरहेको रोकाले बताउनुभयो । 

जिल्लाका सबै पालिकामा चुनावी समिक्षा गर्ने माओवादी केन्द्रले जनाएको छ । समिक्षाका लागि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बसन्त शर्मा, केन्द्रीय सदस्य गोपाल शर्मा, कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला संयोजक गोविन्द रोका, प्रदेश सदस्य मिलन खड्का लगायतका नेताहरुको टोली खटिएको छ । 

त्यस्तै स्थानीय नेता तथा कार्यकर्ताहरुको पनि समिक्षा कार्यक्रममा सहभागिता रहेको छ । बाम–लोकतान्त्रिक गठबन्धन अनुसार जिल्लाका सबै निर्वाचन क्षेत्रमा माओवादीले भाग पाएकोमा माओवादी उम्मेदवारहरुले फराकिलो अन्तरले विजय हाँसिल गरेका छन् । प्रतिनिधि सभामा जनार्दन शर्मा, प्रदेश सभा १ मा महेन्द्र केसी र २ मा राजकुमार शर्मा निर्वाचित हुनुभएको छ । 

मुसिकाेट नगरपालिका


प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १४:४०
चाैरजहारी चाैरजहारी
#चुनावी समिक्षा #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्