Top Navigation
शुक्रबार, असोज १२, २०८० ०८:३२:३८
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शुक्रबार, असोज १२, २०८० ०८:३२:३८
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #स्यार्पू महाेत्सव
  • #मुख्यमन्त्री
  • #कर्णाली प्रदेश
  • #तयारी पुरा
  • #राजकुमार मगर
  • #दार्मा गाउँपालिका
  • #अवैध संरचना हटाउन निर्देशन
Search Here
प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
कखरा संवाददाता
कखरा संवाददाता आइतबार, मंसिर २५, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
प्रतिनिधि र प्रदेश सभा सांसदहरू ।

रुकुम पश्चिमले पहिलो पटक ७ जना सांसद पाएको छ । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनबाट जिल्लाले प्रत्यक्ष र समानुपातिक तर्फ गरि ७ जना सांसद पाएको हो । सबैभन्दा बढी सांसद नेकपा माओवादी केन्द्रका ४ जना छन् । भने नेकपा एमालेका २ र नेकपा एकीकृत समाजवादीबाट एक जना सांसद बनेका छन् । माओवादीबाट प्रत्यक्षबाट ३ जना तथा समानुपातिकबाट १ जना सांसद बन्दा एमाले र समाजवादीबाट समानुपातिक तर्फबाट सांसद बनेका हुन् । यद्धपि पार्टीले टुंगो लगाएका समानुपातिक सांसदलाई निर्वाचन आयोगले मान्यता दिन बाँकी छ । कर्णाली प्रदेश सभामा माओवादी केन्द्रले मिलन खड्कालाई सांसद बनाएको छ । त्यस्तै प्रत्यक्षबाट माओवादीका जनार्दन शर्मा प्रतिनिधि सभा तथा राजकुमार शर्मा र महेन्द्र केसी प्रदेश सभामा निर्वाचित भइसक्नुभएको छ । 

नेकपा एमालेले समानुपातिक तर्फ रुकुम पश्चिमबाट एक जनालाई प्रतिनिधि सभा सदस्य र एक जनालाई कर्णाली प्रदेश सभा सदस्य बनाएको छ । चन्द्रबहादुर बिकलाई प्रतिनिधि सभा सदस्य बनाएको एमालेले तुलसा मल्ललाई कर्णाली प्रदेश सभा सदस्य बनाएको हो । एमालेले २०७४ मा भएको निर्वाचनबाट पनि दुई जना समानुपातिक सांसद पाएको थियो । तर प्रदेश सभा सदस्य देवी ओली नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी तर्फ लाग्नुभएको थियो । प्रतिनिधि सभामा भने एमालेबाट तिर्था गौतम सांसद हुनुहुन्थ्यो । २०७४ मा रूकुम पश्चिमले ६ जना सांसद पाएकाे थियाे ।

कर्णाली प्रदेशमा एउटा मात्र प्रदेश समानुपातिक सांसद पाएको नेकपा एकीकृत समाजवादीले रुकुम पश्चिमकी कल्याणी खड्कालाई सांसद बनाएको छ । जिल्लाबाट पहिलो पटक ७ जना सांसदले संघ र प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने भएका छन् । जसमा २ जना प्रतिनिधि सभाका सांसद रहेका छन् भने ५ जना प्रदेश सभाका सांसद छन् ।  
 


प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १२:५१
कृषि कृषि
#समानुपातिक सांसद #प्रतिनिधि र प्रदेश सभा निर्वाचन
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अमेरिकामा भएको इन्ट्राकप भलिबलमा टीम रूकुम प्रथम
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
इन्ट्रा कपमा टिम रुकुमका ४ खेलाडी उत्कृष्ट
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सवको तयारी पुरा, भोली कर्णालीका मुख्यमन्त्रीले उद्घाटन गर्ने 
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
स्यार्पू महोत्सव सुरु (फाेटाे सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
प्रकाश रन्काको कान्छी फिलिली (भिडिओ सहित)
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
स्यार्पू ताललाई आय आर्जनसँग जोड्नुपर्छ: मुख्यमन्त्री शर्मा 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
उत्कृष्ट भिडिओ इडिटर अवार्ड राजकुमारलाई 
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
विकासलाई छिटोछरितो र प्रभावकारी बनाउन सबै एकताबद्ध भएर लाग्नुहाेस्ः मुख्यमन्त्री शर्मा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्