Top Navigation
शनिबार, माघ २१, २०७९ ११:३०:५७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
शनिबार, माघ २१, २०७९ ११:३०:५७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #साँख गाउँ
  • #पापिनी मेला
  • #पापिनी विवाह
  • #भलिबल
  • #साँख
  • #अर्गानिक
  • #दिवा खाजामा लापरवाही
Search Here
व्यक्ति/व्यक्तित्व
  • Home
  • व्यक्ति/व्यक्तित्व
  • वाइल्ड लाइफ फोटोग्राफीमा ‘जम्दै’ गरेका विनय (भिडिओ सहित)
वाइल्ड लाइफ फोटोग्राफीमा ‘जम्दै’ गरेका विनय (भिडिओ सहित) जंगल अनुभवः गैंडासंग मुश्किलले बाँचियो 
कखरा संवाददाता
कखरा संवाददाता शनिबार, पुस ९, २०७९
माया बेकरी माया बेकरी

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेका विनय रावल साइन्स पढ्न काठमाडौं हानिए । साइन्सबाट प्लस टु सकाए पनि । तर त्यसपछि उनको मन पढाइमा अडिएन । शान्त स्वभाव र प्रकृतिमा रमाउन चाहने विनयलाई फोटोग्राफिको भूत चढ्यो । एउटा क्यामरा किने र लागे फोटो खिच्न । पढ्दै गरेको छोरो क्यामरा भिरेर हिड्न थालेपछि परिवारका सदस्यले चिन्ता गर्न थाले । तर विनय फोटोग्राफिबाट बाहिर निस्कनै चाहेनन् । सुरुमा विवाह पुजा पाठ तथा मान्छेको फोटो खिच्दै हिडेका विनयको पाइला एकाएक जंगलतिर मोडियो । प्रकृति र आफ्नो कुनै कनेक्शन रहेकोले नै आफु जंगलतिर हानिएको उनलाई लाग्छ । त्यसपछि सुरु भयो उनको वाइल्ड लाइफ फोटोग्राफी अर्थात जंगली जनावरको फोटो खिच्ने काम । काम गर्दै गए सिक्दै गए । उनि आफ्नो फोटोग्राफिको पाठशाला आफ्नै काम, भोगाइ, संघर्ष र लगनलाई मान्छन् ।

चितवनलाई कर्मथलो बनाएर काम गरिरहेका विनयको पछिल्लो गन्तव्य बर्दिया राष्ट्रिय निकुञ्ज हो । उनले खिचेका फोटोले वाइल्ड लाइफ फोटोग्राफी शिर्षकमा राष्ट्रिय अवार्ड समेत जितिसकेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा खिचेको चितुवाको फोटो पर्यटन वोर्ड, अठोट नेपाल र प्रिजेन्टिङ नेपालले गत भदौमा विभिन्न विधामा आयोजना गरेको फोटो प्रतियोगिता अन्तर्गत वाइल्ड लाइफ विधामा प्रथम भएको हो । त्यस्तै मुसिकोट नगरपालिका १ सल्लेको मुलखोलामा खिचेको सर्पको फोटोले त्यसअघि वाइल्ड लाइफ विधा मै प्रथम पुरस्कार जितेको थियो । यो प्रतियोगिता नेपाल विम्बले आयोजना गरेको थियो । यसवाहेक उनले खिचेका फोटो अन्य प्रतियोगितामा समेत उत्कृष्ट भएका छन् । उनले चितुवा, बाघ, भालु, हात्ती लगायतका जंगली जनाबरका फोटो खिचिसकेका छन् । सुरुमा चितवन राष्ट्रिय निकुञ्जमा फोटो खिचिरहेका उनि हाल बर्दिया राष्ट्रिय निकुञ्जमा पनि फोटो खिच्न व्यस्त छन् । 

सम्बन्धित समाचार
  • रुकुम पश्चिमका विनयले खिचेको चितुवाकाे फोटो प्रथम 
_A739072-21671880881.JPG
प्रथम भएकाे चितुवाकाे फाेटाे । 

गैंडासंग मुश्किलले बाँचियो 
जंगलमै धेरै समय विताएपछि अहिले विनयलाई जंगली जनावर परिवारका सदस्य जस्तै लाग्छ । जनावरको शान्त स्वभावले विनयको मन तान्छ । लगभग सबै जंगली जनावरको स्वभाव बारे विनयलाई राम्ररी थाहा छ । मान्छेबाट कुनै खतरा महशुस नगर्दासम्म जंगली जनावरले केही नगर्ने विनय वताउँछन् । तर एक पटक गैंडाबाट भने मुश्किलले जोखिएको अनुभव विनयसंग छ । चितवन राष्ट्रिय निकुञ्जमा विनयको जम्काभेट माउ गैंडासंग भयो । ‘आफ्नो वच्चाको सुरक्षाका लागि गैंडाले हामीलाई आक्रमण गरिहाल्यो, त्यसपछि भागेर मुश्किलले जोगियौं, विनय त्यो घटना सम्झिन्छन ।’ आफुलाई वा आफ्ना वच्चालाई खतरा देखेभने जंगली जनावरले नछाड्ने विनयको भनाइ छ । सामान्य अवस्थामा र उनिहरुलाई कुनै खतराका महशुस नहुँदासम्म भने कुनैपनि जंगली जनावरले केही नगर्ने उनि बताउँछन् । 

जगंल मेरो घर भइसक्यो छोड्न सक्दैन 
जंगलको शान्ती र आनन्द शब्दमा व्यक्त गर्न सक्नुहुन्न । बाहिरी दुनियाँ भन्दा विनयलाई जंगली वातावरणले बाँध्न थालेको छ । विजय जंगल आफ्नो घर नै सम्झिन्छन् । आफुले जंगल छाड्ने कुरा कल्पना बाहिरको कुरा भएको उनको भनाई छ । ‘हिजो जानेर वा नजानेर फोटोग्राफिमा लागे अव यसबाट बाहिर निस्किनै सक्दैन उनि भन्छन् ।’ जे गरेपनि फोटोग्राफीमै गर्ने उनको प्रण छ ।   

Snapseed1671881030.jpg
पुरस्कार जित्न सफल सर्पकाे फाेटाे ।

समाजले बुझ्दै छ 
सुरुवातका दिनमा कतैबाट साथ पाउन नसकेका विनय अहिले भने परिवार तथा समाजको बुझाइको दायरा बढ्दै गएको बताउछन् । सरकारी जागिर बाहेक अरु पेसालाई स्वीकार्न नसकेको समाजले अहिले जवरजस्ती स्विकार्न बाध्य भएको उनको बुझाई छ । घर परिवार र समाजकै असहयोगका कारण धेरै युवाहरुले आफुले मन पराएको काम गर्न नसकेको उनलाई लाग्छ । तर यसमा विस्तारै परिवर्तन देखिन थालेको उनको भनाई छ । 

राज्यले नीति बनाउन जरुरी छ 
विनय पर्यटनबाट देशको विकासमा टेवा पुर्याउन सकिने बताउछन् । यसका लागि राज्यको नीति आवश्यक रहेको उनको भनाई छ । जिरोबाट उठेर संघर्ष गरेकालाई भन्दा पहुँचमा भएकाहरुलाई सबैले हेर्ने अवस्थाको अन्त्य हुनुपर्ने विनयको भनाई छ । वाइल्ड लाइफ फोटोग्राफीका माध्यमबाट धेरै विदेशीहरुलाई नेपाल उतार्न सकिने विनय देख्छन । ‘हरियो वन नेपालको धन भन्ने नारामा मात्र सिमित भएको छ, यसलाई व्यवहारमै लागु गर्न भने राज्यले निश्चित काम गर्नुपर्ने हुन्छ, नत्र नारामै मात्र सिमित हुन्छ, यस्तो सम्भावनालाई हामीले सदुपयोग गर्न सकेकै छैनौं, उनि भन्छन् ।’

FAHTE31421671881457.jpg

नयाँ आउन चाहनेलाई सुझाव
वाइल्ड लाइफ फोटोग्राफीमा सम्भावना भने कम देख्छन विनय । दुःख धेरै र फल कम भएकोले जो कोही आएर यो पेसामा टिक्न सक्ने सहज अवस्था भने नरहेको उनको भनाई छ । तर क्षमता विकास गरेर आउने हो भने थुप्रै अवसर र सम्भावना भने रहेको विनयले बताए । रहरका भरमा भने यो पेसामा नआउन उनि सुझाव दिन्छन । 

मुसिकाेट नगरपालिका

वाइल्ड लाइफ फोटोग्राफर विनय रावलसंगकाे कुराकानी आधारित ।

भिडिओ 


प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १२:५०
चाैरजहारी चाैरजहारी
#विनयकाे जंगल अनुभव #विनय रावल #वाइल्ड लाइफ #फाटाेग्राफि
प्रतिक्रिया दिनुहोस्
थप व्यक्ति/व्यक्तित्व
त्रिवेणीमा पनि मत गणना थालियो
त्रिवेणीमा पनि मत गणना थालियो शनिबार, वैशाख ३१, २०७९
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान 
लुम्बिनीका सभामुखद्धारा चुनवाङबाट मतदान  शुक्रबार, वैशाख ३०, २०७९
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट  
सानीभेरी गाउँ सभाले पास गर्यो आगामी आर्थिक वर्षको बजेट   शुक्रबार, असार २५, २०७८
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ?
चाैरजहारी, त्रिवेणि र बाँफिकाेटकाे बजेट पास, अन्यले कहिले गर्छन् ? मंगलबार, असार २२, २०७८
बाँफिकोट गाउँपालिकाको बजेट पास 
बाँफिकोट गाउँपालिकाको बजेट पास  आइतबार, असार २०, २०७८
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड  
त्रिवेणि गाउँपालिकाको बजेट ४४ करोड   मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित)
त्रिवेणि गाउँपालिकाका मुल प्राथमिकताहरु (पूर्णपाठ सहित) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ)
त्रिवेणि गाउँपालिकाकाे नीति, कार्यक्रम र बजेट पेश हुदै (लाईभ) मंगलबार, असार १५, २०७८
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै 
त्रिवेणि गाउँपालिकाले आज नीति, कार्यक्रम र बजेट ल्याउदै  मंगलबार, असार १५, २०७८
लोकप्रिय
  • Week
  • Month
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
पापिनी मेला भलिबलको उपाधि रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
मुसिकोट १४ मा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भिर घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
आठबीसकोटको साजेबगरमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
साँखमा पापिनी विवाह (फोटो फिचर) 
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
सानीभेरी र रुकम पश्चिम भलिबल प्रशिक्षण केन्द्र फाइनलमा
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
त्रिजमाविका विद्यार्थीको निःशुल्क आँखा जाँच, दृष्टि दोष धेरै 
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे ३ मा जेष्ठ नागरिक सम्मानित
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
भूमे गाउँपालिकामा कृषकलाई फलफूलका बिरुवा वितरण 
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
मुसिकोट खलंगा बहुमुखी क्याम्पसमा पूर्व विद्यार्थी समाज गठन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • प्रतिनिधि/प्रदेशसभा निर्वाचन २०७९
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्