Top Navigation
आइतबार, असोज ७, २०८० ०३:४२:२१
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:४२:२१
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
मनाेरन्जन
  • Home
  • मनाेरन्जन
  • पल शाहलाई सार्वजनिक गरेको रुकुम महोत्सव ‘भव्य’ रुपमा सम्पन्न, राेकेन वर्षाले 
पल शाहलाई सार्वजनिक गरेको रुकुम महोत्सव ‘भव्य’ रुपमा सम्पन्न, राेकेन वर्षाले  करिब एक लाख दर्शकले गरे महाेत्सव अवलाेकन।
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, चैत ७, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलंगामा आयोजित रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । खलंगाको बराहटाकुरामा संचालित महोत्सव १२ दिनमा आज सम्पन्न भएको हो । महोत्सवमा अन्तिम दिन आज गायक पुष्कल शर्माले प्रस्तुति राख्नुभयो । 

आज पनि झरीमै हजारौं दर्शक महोत्सव हेर्न पुगेका थिए । केही दिन देखि बदली भएको मौसम आज पनि उस्तै रह्यो । दिउँसो देखि लगातार पानी परिरहेको छ । तर महोत्सव स्थलमा छाता ओढेर खचाखच दर्शक भरिएका थिए । पानी पानीमा पनि पुष्कलको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । सोमबार पनि पानीकै विचमा दर्शकहरु रमाएका थिए । 

त्यसअघि पनि पानी परेको थियो । तर पानीले महोत्सवलाई कुनै प्रभाव नपारेको आयोजकले जनाएको छ । पानी परेर दर्शकहरुले सास्ती भोग्नु परेपनि दर्शकको उपस्थितिमा भने कुनै असर नपरेको महोत्सव संयोजक डिल्ली परियारले बताउनुभयो । दर्शकको मायाले थप हौसला मिलेको उहाँले बताउनुभयो । करिब १ लाख दर्शकले महाेत्सव अवलाेकन गरेकाे उहाँकाे भनाई छ । 

Eleena1679311795.jpg
झरीमा पनि रमिरहेका दर्शक ।

जिल्ला सदरमुकाममा २०७४ पछि पहिलो पटक महोत्सव आयोजना गरिएको हो । लामो समयपछि महोत्सव आयोजना भएकोले पनि दर्शकहरुको राम्रो साथ पाएको आयोजकको भनाई छ । त्यस्तै सही व्यवस्थापनका कारण महोत्सव भव्य भएको र हजारौं दर्शकको साथ पाएको आयोजक राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाले बताउनुभयो । 

कलाकार संयोजन, व्यवस्थापन, प्रचारप्रसार, जिल्लाका सरोकारवाला निकायको सहयोग लगायतबाट महोत्सव शान्तीपूर्ण वातावरणमा भव्य रुपमा सकिएको उहाँले बताउनुभयो । चर्चित अभिनेता तथा मोडल पल शाहलाई आयोजकले जेलमुक्त भएपछि पहिलो पटक रुकुम महोत्सव मार्फत सार्वजनिक कार्यक्रममा सहभागी बनाउन सफल भयो । 

जसका कारण पनि महोत्सव देश तथा विदेशमा चर्चामा आयो । त्यस्तै महोत्सवमा नायक आर्यन सिग्देल, गायक रामजी खाँड, गायिका तथा मोडल ज्योती मगर, गायक पुष्कल शर्मा, गायिका पूर्णकला बिसी, टीका सानु, एलिना चौहान, टंक तिमल्सिना, रोशन सिंह, तिलक परियार लगायतका राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुले पनि महोत्सवमा प्रस्तुति राखे । 

IMG_54831678885517.jpg
जेलमुक्त भएपछि पहिलाे पटक रुकुम महाेत्सव मार्फत सार्वजनिक कार्यक्रममा भएका नायक तथा माेडल पल शाह ।

यस पटक महोत्सवमा थुप्रै स्थानीय कलाकारहरुको उपस्थिति देखियो । आयोजकले महोत्सव अवधिभर सहयोग गरेको भन्दै स्थानीय कलाकारहरुलाई प्रोत्साहन स्वरुप ४० हजार सहयोग गरेको राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिमका निवर्तमान अध्यक्ष अमित परियारले बताउनुभयो । 

त्यस्तै महोत्सवबाट उठेको रकमबाट २ जना क्यान्सरका बिरामीलाई समेत १०/१० हजार सहयोग गरेको उहाँको भनाई छ । बराहटाकुरामा रहेको कबर्ड हलमा बत्ति व्यवस्थापनका लागि पनि १२ हजार सहयोग गरेको परियारले बताउनुभयो । रकम बच्यो भने कला संग्रालय स्थापनामा प्रयोग गर्ने आयोजकले जनाएको छ ।

आयोजकले महोत्सव सफल पार्न सहयोग गर्ने सबैलाई आभार सहित धन्यवाद समेत दिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमले संयुक्त रुपमा महोत्सव आयोजना गरेका हुन् ।


प्रकाशित मिति: मंगलबार, चैत ७, २०७९  १८:००
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्