Top Navigation
आइतबार, असोज ७, २०८० ०४:२७:४२
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:२७:४२
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पितिवाङ खेला
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • रुकुम पूर्वका पर्यटकीय क्षेत्र ओझेलमा
रुकुम पूर्वका पर्यटकीय क्षेत्र ओझेलमा
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, चैत २७, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
पर्यटकलाई पर्खि राखेका रुकुमपूर्वका मनोहर स्थलहरू । तस्बिर सौजन्यः सर्जना कार्की ।

दैनिकी कामकाज गरिरहदा तथा आफ्नो योजनाको लक्ष्य पछ्याइ रहने क्रममा मान्छेले बोर भएको महशुस गर्ने गर्दछ । त्यस क्रममा केही दिन तथा समयको लागि आफ्नो कामलाई थाती राखेर मनोरञ्जन सहितको घुमफिर गर्न चाहान्छ । त्यसका लागि आफूलाई आनन्द मिल्ने पर्यटकीय स्थलको खोजी गर्छ । त्यस्तो आनन्द मिल्ने तथा घुमफिर गरेर शिक्षा लिने ठाउँहरू रुकुमपूर्वमा अथाह् रहेका छन् । तर, पर्यटकीय स्थलको विकास हुन नसक्दा यहाँका पर्यटकीय स्थल ओझेलमै रहेको सिस्ने गाउँपालिका-६ रुकुमकोट स्थित छिप्रिहदमा होटेल व्यवसाय गरिरहनु भएका होटेल लेक सिटीका प्रोप्राइटर सुनिलकुमार रोका मगरले बताउनुभयो । पर्यटन क्षेत्रमा सरकारले दीर्घकालिन योजना सहित लगानी गर्नु पर्ने रोका मगरको भनाइ रहेको छ । 


“तीन तहकै सरकारले पर्यटन क्षेत्रमा लगानी गरिराखेका छन्” रोका मगरले भन्नुभयो -“तर, योजनाको लक्ष्य अनुसार निरन्तर रूपमा लगानी नहुँदा पर्यटनको विकास हुन सकेन ।” मुख्यतः पर्र्यटन मन्त्रालय र पर्यटन विभागले हिमाली जिल्लाका पर्यटन क्षेत्रको विकासमा चासो नदेखाकै कारणले यस जिल्लाका पर्यटन क्षेत्र ओझेलमा रहेको रोका मगरको गुनासो छ । पाँच हजार देखि साढे सात हजार मिटर उचाइ सम्मका आधा दर्जन बढी हिमाल छन् । बहुमूल्य जडीबुटी यार्सा गुम्बा देखि अन्य जडीबुटी पनि पाइने गरेको भूमे गाउँपालिका-३ क्याङ्सीका तिलकबहादुर रोका मगरले बताउनुभयो ।

“यसैगरी थुप्रै बुकी पाटन, हिमतालका साथै अन्य तालतलैया, सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँमा तातोपानी छन्” रोका मगरले भन्नुभयो -“जिल्लाका ठाउँठाउँमा ऐतिहासिक युद्ध स्थल, गुरिल्ला पदमार्ग, स्थानीय कला संस्कृतिमा आधारित रहनसहन, मौलिक भेषभुषा, बोलीचाली, अर्गानिक खानपान यता तर्फ पनि सरकारले ध्यानमा राखि पर्यटनमा लगानी गरे स्थानीयको आयआर्जनको स्रोत समेत बन्ने थियो ।” दुःखको कुरा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उहाँको भनाइ रहेको छ । 

“पर्यटनको क्षेत्रमा रुकुमपूर्व धनी रहेको छ” जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठले भन्नुभयो -“यी क्षेत्रका विकासका लागि एकीकृत योजना हुनु पर्ने आवश्यक रहेको छ ।” पर्यटन विकासका लागि जिल्ला स्थित स्थानीय सरकारले खाका बनाइ राखेको अवस्था छ भने त्यसमा प्रदेश र सङ्घ सरकारले विशेष ध्यानका साथ लगानी गर्नु पर्ने जिसस प्रमुख श्रेष्ठको भनाइ रहेको छ । जिससको तर्फबाट स्थानीय सरकार हुँदै प्रदेश र सङ्घीय सरकार समक्ष जिल्लाको पर्यटन विकास लागि योजना र लगानी गर्नमा आग्रह गरिराखेको श्रेष्ठले जानकारी दिनुभयो । 


प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १४:४४
कृषि कृषि
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्